२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शीमा राजन लम्साल विजयी

काठमांडौं । नेपालबाट लायन्स अन्तर्राष्ट्रिय निर्देशकको नेतृत्वमा जानको लागि राजन लम्साल निर्वाचित भएका छन् । सो पदको लागि लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सनद्वय राजन लम्साल र खगेन्द्र सिटौलाले उम्मेदवारी दिएका थिए ।

लम्सालले भारी मतान्तरले सिटौलालाई पछि पार्दै विजय भएका हुन् । निर्वाचनमा लम्सालले १ हजार ३ सय ८७ मत ल्याउदाँ सिटौलाले ५ सय ३१ मत प्राप्त गरेका छन् । सो पदमा लम्सालसहित ११ जना आकांक्षी थिए । अन्तिममा लम्साल र सिटौला निर्वाचनमा भिडेका थिए । नेपालमा रहेका १५ वटै डिष्ट्रिक्टका क्लबहरुका प्रतिनिधिहरुले भाग लिएको निर्वाचनको लागि २ हजार ३ सय ७१ मतभार थियो । जसमा खसेको मत २ हजार ६० मा लम्सालले सदर मतको १ हजार ३ सय ८७ अर्थात ७२.३८ % भोट पाएर निर्वाचित भएका छन्।

नेपालका तर्फबाट प्रतिनिधित्व लम्साल ईसामे क्षेत्र (ईण्डिया, साउथ एशिया तथा मिडल इस्ट) का लागिलायन्स अन्तर्राष्ट्रियको बोर्डमा अन्तर्राष्ट्रिय निर्देशक ईण्ड‍ोर्सि पदमा निर्वाचित भएका हुन् । सन् २०२६ मा हङकङमा हुने लायन्स अन्तर्राष्ट्रिय कन्भेन्सनमार्फत सन् २०२६ देख़ि २०२९ तीन बर्षे कार्यकालकालागि अन्तर्राष्ट्रिय निर्देशक पदमा निर्वाचित हुनेछन् ।

शनिवार काठमांडौंको प्रज्ञा भवन कमलादीमा सम्पन्न लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सनमा अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शीको रुपमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रतिनिधित्व गर्दै लम्साल विजयी भएका हुन् ।

नेपालमा हाल ३२५ सी, डी, ई, एफ, जी, एच, आई, जे, के, एल, एम, एन, पी, आर र एस गरी १५ वटा डिष्ट्रिक्टरहेका छन् ।

कुल २ हज़ार ३ सय ७१ मतदातामा जस मध्ये सी बाट १९६, डी ९१, ई १२७ एफ ११६, जी १८८, एच १९६, आई ३०७, जे १४९, के १९२, एल ९४, एम१२३, एन ११०, पी १६९, आर १८६ र एसबाट १२९ मतभार संख्या रहेको थियो ।

लम्सालले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ आई मा ३०७ र सिटौलाले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ डीबाट ९१ जनाको मतभार रहेको थियो ।

नेपालबाट हाल बालकृष्ण बुर्लाकोटीले नेपालबाट अन्तरराष्ट्रिय डाइरेक्टरमा प्रतिनिधित्व गरिरहेका छन् । भनेसञ्जय खेतानले यस अघि नै नेतृत्व लिई सकेका छन । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको रेसमारहेका छन ।

सिटौलाले हालसम्म आफ्नो डिष्ट्रिक्टबाट ५ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन् थिए भने लम्सालले आफ्नो डिष्ट्रिक्टबाट पहिलो पटक इण्डोर्सी लिएका हुन् ।

सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीबाट सदस्यता लिएर लम्सालको लायनिज्म यात्रा सुरु भएको हो । २७ वर्षको उमेरदेखि सामाजिक सेवामा पूर्ण रूपमा संलग्न भएका उनले सन् २०१०–११ मा तत्कालीन डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन् २०११–१२ मा मल्टिपल काउन्सिल चियरपर्सन, सन् २०१२–१४ मा एसएफएमडी चेयरपर्सन, सन् २०१४–१७ र २०१७–१९ मा जीएलटी को–अर्डिनेटर, सन् २०१७–१९ मा स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, तथा सन् २०१९–२२ मा जीएमटी को–अर्डिनेटर का रूपमासक्रिय नेतृत्व सम्हालिसकेका छन् ।

लायन वर्ष २०२२–२३, २०२३–२४ र २०२४–२५ लगातार तीन वर्षसम्म एलसीआईएफ एरिया लिडर को जिम्मेवारीमा कार्यरत रहँदै, उनले अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छन्।

डिष्ट्रिक्ट गभर्नर भएपछि उनले मल्टिपल डिष्ट्रिक्ट तथा लायन्स क्लब इन्टरनेशनलले प्रदान गरेका विभिन्न भूमिका प्रभावकारी ढंगले निर्वाह गरेका उनले थुप्रै आरएलएलआई को–अर्डिनेटरका रूपमा काम गरेका छन्, साथै एफडीआई र एलसीएफआईको नेपालस्थित लोकल को–अर्डिनेटरको जिम्मेवारी समेत सम्हालेका छन् ।

उनी गभर्नर भएका बेला डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौंदेखि महेन्द्रनगर, नेपालगञ्ज, र वीरगञ्जसम्म विस्तार गरेका थिए । लायन्स क्लबका केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकरण गर्ने काममा उनको विशेष योगदान रहेको थियो । आफ्नो गभर्नर कार्यकालमै डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान सुरु गरी निर्माण कार्यसम्पन्न गरेर हस्तान्तरण समेत गरे । पछिल्ला तीन वर्षदेखि उनी एलसीआईएफ एरिया लिडरको रूपमा सक्रिय उनी नेपालभरिका लायन्सहरूको लागि उत्प्रेरक शक्तिका रूपमा स्थापित छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…