२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

ग्रामीण स्वावलम्बन सहकारी सम्मानित

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थालाई सम्मानित गरिएको छ । सहकारी व्यवसाय मार्फत कृषि क्षेत्रबाट सदस्यहरुको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सहकारीलाई सम्मान गरिएको हो ।

राष्ट्रिय सहकारी महाहासं लि. नेपालद्धारा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीलाई शनिवार पोखरामा सम्मान गरिएको थियो । गण्डकी प्रदेशबाटै उत्कृष्ट सहकारीका रुपमा छनौट भएको सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा रिबी निवारण मन्त्री बलाराम अधिकारीले सम्मान गरेका हुन् ।

गण्डकी प्रदेशका झण्डै १५ हजार र स्याङ्जाका करिब ३ हजार क्रियाशिल सहकारी मध्येबाट छनौट भएको सम्मानित सहकारीले गरिबीबाट पछाडी परेका वर्ग र खासगरी महिलाहरुलाई स्वरोजगार बनाउने अभियान ंचलाएको छ । कृषि पेशामा आबद्ध बनाएर शेयर सदस्यहरुलाई स्वरोजगार मार्फत उत्पादन बृद्धि र आर्थिक विकासमा टेवा पुर्‍याउँदै आएको छ ।

सहकारी संस्थाले कृषिमा व्यवसायीकरण गर्न कम्तिमा २० बाख्रा पालन गर्ने किसानलाई पशु बीमा गराएर खोर व्यवस्थापनामा ५ हजार नगद अनुदान दिदै आएको छ । तरकारी तथा फलफूल र मासुजन्य वस्तु उत्पादन गरेमा बजारीकरणको सुनिश्चिततासँगै किसान पुरस्कृत गर्ने कार्यक्रम गर्दै आएको सहकारीका अध्यक्ष बोध नारायण रेग्मीले बताए ।

गाउँपालिकाभित्र २ हजार ५ सय शेयर सदस्य रहेको सहकारीले झण्डै ४ हजार ५ सय कृषकलाई सेवा प्रबाह गर्दै आएको छ । कृषिमा आत्मनिर्भर बनाउन भकारो सुधार, पशु नश्ल सुधार कार्यक्रम अर्न्तगत उन्नत जातका बोका र राँगा व्यवस्थापन गर्दै आएकोे छ । २०५९ मा स्थापित सहकारीले ५० प्रतिशत अनुदानमा मासुजन्य लगानीमा २ वटा भैंसी फार्म, ४ वटा बाख्रा फार्म र २ बंगुर फार्म संचालन गर्दै आएको छ ।

१ हजार ५ सय ३२ पुरुष र १ हजार ५ जना महिला शेयर सदस्य रहेको सहकारीले २६ करोड २७ लाख ४१ हजार २ सय २१ रुपैयाँको आर्थिक कारोबार गर्दै आएको सहकारीका प्रबन्धक शालिग्राम काफ्‌लेले जानकारी दिए । कृषि, पशु पालनका साथै हामीले बचतको कारोबारले शेयर सदस्यको आर्थिक र सामाजिक विकासमा काम गरिरहेको काफ्‌लेले सुनाए ।

२ करोड ५६ लाख ९४ हजार ५ सय ६० रुपैयाँको जगेडा कोष बनाएको सहकारीले १ करोड १३ लाख ४१ हजार ४ सय ७४ को पशु बीमा कोष र २० लाख ९७ हजार ९ सय २३ रुपैयाँ बराबरको शेयर सुरक्षण कोष बनाएको छ । सहकारीले करिब १ करोडको लागतमा ३ तलाको १८ कोठे व्यवसायिक भवन संचालन गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…