डिष्ट्रिक्ट गभर्नर पाण्डे लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान
- July 7, 2025
- 2007

काठमाडौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डे लायन्स अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान गरेकी छन् । पाण्डे जुलाई १३ देखि १७ तारिखसम्म अमेरिकाको फ्लोरिडामा १०७औें सम्मेलनमा भाग लिन सोमवार प्रस्थान गरेकी हुन् ।
उनलाई लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर इन्डोर्सी राजन लम्साल, पूर्वडिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठ, ट्रेजरर महेन्द्र कुमार राठीलगाएतले सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
फ्लोरिडामा १०७औें सम्मेलनमा भाग लिएर आए पछि मात्र लायन बर्ष २०२५/०२६ का नियमित प्रक्रियाका कार्यहरु अगाडि बढाईने डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठले बताए ।
५ दिनसम्म चल्ने सम्मेलनमा लायन्स अन्तर्राष्ट्रियको संजाल रहेका २ सय १० राष्ट्रका डिष्ट्रिक्ट गभर्नर, नेपालका अन्य डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नरसहित ठूलो संख्यामा लायन्सहरूको उल्लेख्य सहभागी रहने छ ।
सम्मेलनमा नेपालीहरुले पुरुषले राष्ट्रिय पोशाक दौरा सुरुवाल कोट, टोपी र महिलाहरूले साडी ब्लाउजमा सजिएर नेपालको राष्ट्रिय झण्डा फहराउदै र्रयालीमा सहभागिता जनाउने छन् । करिव १४ लाख लायन्स सदस्य रहेको विश्वको सबै भन्दा ठुलो सामाजिक संस्था लायन्स अन्र्तराष्ट्रिय २ सय १० राष्ट्रमा सक्रिय रहेको छ ।













