२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

वालिङबाट राष्ट्रिय परिचयपत्र वितरण

वालिङ, स्याङ्जा । स्याङ्जाको इलाका प्रशासन कार्यालय वालिङले राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । इलाका प्रशासन कार्यालय र वडा कार्यालयमा खिचिएका राष्ट्रिय परिचयपत्र वालिङ्ले वितरण गरेको हो । इलाका प्रशासन कार्यालय वालिङ्ले चापाकोट, गल्याङ र वालिङ नगरपालिका पुरै, हरिनासका ३, बिरुवाका ३, भीरकोटका ३ वडाको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत प्रशासनीक सेवा गर्दै आएको छ । इलाका प्रशास कार्यालयले सेवा प्रवाह गर्ने सबै क्षेत्रको राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न लागिएको लेखा प्रमुख विशाल पराजुलीले जानकारी दिए ।

लामो समयदेखी राष्ट्रिय परिचयपत्रको प्रतिक्षामा बसेका नागरिकले अव धमाधम परिचयपत्र पाउने पराजुलीले बताए । २०७८ सालदेखी २०८१ सालसम्म फोटो खिचाएका ३९ हजार नागरिकले यो सुविधा पाउने छन् । राष्ट्रिय परिचयपत्र पाउने नागरिकको मोवाइलमा म्यासेज समेत पठाइसकिएको लेखा प्रमुख पराजुलीले बताए । पहिलो चरण ५ सयजनालाई राष्ट्रिय परिचयपत्र लिन आउनु भनेर म्यासजेज पठाएका छौं पराजुलीले भने,‘दैनिक मोवाइलमा म्यासेज पठाउछौं, म्यासेजकै आधारमा राष्ट्रिय परिचयपत्र वितरण गछौं ।’ मोवाइलमा म्यासेज पुगेका सेवाग्राहीले मात्रै राष्ट्रिय परिचयपत्र पाउने छन् उनले भने ।

अहिलेसम्म इलाका प्रशासन कार्यालय वालिङमा ७० हजार सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फोटो खिचाइ सकेका छन् । पहिलो चरण ३९ हजार सेवाग्राहीले मात्रै परिचयपत्र पाउने छन् । यो वितरण सकिएपछि अरु राष्ट्रिय परिचयपत्र पनि बिस्तारै आउने भएकाले सबैले पाउने प्रशासनले जनाएको छ । पछिल्लो समय राष्ट्रिय परिचयपत्रलाई सरकारी कामकाजका लागि अनिवार्य गर्न थालेको छ । राष्ट्रिय परिचयपत्रको लागि आवश्यक कागतजात पुरा गरेर मात्रै फोटो खिच्न आउन प्रशासनले आग्रह गरेको छ ।

नागरिकता सिफारीस गर्ने बेलामै वडा कार्यालयमा नै परामर्श गरेर मात्रै इलाका प्रशासनमा आउदा नागरिकले दुख नपाइने प्रशासनले जनाएको छ । सम्वन्धित् वडा कार्यालयले पनि सेवाग्राहीलाई सरकारी कागजातका बिषयमा सहजिकरण गरिदिन समेत अनुरोध गरेको छ । राष्ट्रिय परिचयपत्र यो भन्दा अगाडी जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वितरण गर्दै आएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…