27Shares

पोखरा जुलाई तारिख जापानको विशेष दिन, जापानमा तानाबाता पर्व (ताराको पर्व) धुमधाम साथ मनाईन्छ तानाबाता एक जापानी परम्परागत सांस्कृतिक पर्व हो यो हरेक वर्ष जुलाई मा पर्दछ।

भाषा संघ नेपालका संस्थापक अध्यक्ष युवराज खनाल भन्छन्-तानाबाता पर्वका बारेमा थुप्रै किंवदंती तथा कथाहरु छन् ति कथाहरुसंगै यस पर्वको मूल्य मान्यताहरुलाई पनि फरक/फरक तरिकाले बयान गरिएको पाईन्छ। समय वित्दै जाँदा यसलाई मनाउने तरिका केहि परिस्कृत हुँदै आएको पाईन्छ। हरिया बाँसका हाँगाहरुमा रंगिचंगि कागजहरुमा शुभकामना लेखेर झुण्ड्याउने गरिन्छ।

यसै अवसरमा पोखरामा सोमवार जापानमा उच्च शिक्षाको लागि जान चाहने विद्यार्थीहरुलाई ध्यानमा राखेर भाषा संघ नेपालले तानाबाता पर्वको कार्यक्रम सम्पन्न गरेको उक्त कार्यक्रममा पोखरामा रहेका विभिन्न जापानी भाषा स्कुलबाट हजार सय भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको खनालले बताए  जसमा प्रायःजापानमा उच्च शिक्षाको लागि जान चाहने विद्यार्थीहरु थिए

भाषा संघ नेपालका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षता साथै पूर्व अध्यक्ष प्रकाश कुमार श्रेष्ठले संयोजन गरेको कार्यक्रममा एसिया जापानिज एकेडेमिका निर्देशक प्रोफेसर धर्मराज अधिकारी, स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल  फेकन गण्डकी प्रदेशका अध्यक्ष सुजन बहादुर बस्नेत, नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्की अध्यक्ष ओम प्रकाश गैह्रेलगाएतको उपस्थिति रहेको थियो।

खनालले यस सस्थाले जापान जान चाहनेहरूका लागि विविध कार्यक्रम गर्दै आएको यस पटक यो तानाबाता पर्बमा उत्साहजनक सहभागिताले थप हौसला बढ़ेको कुरा सुनाए  उनले जापानी भाषाको साथै जापानी संस्कृति पनि बुझ्न पाएकोले सहभागिहरुमा उत्साह थपिएको बताउदै सहभागि व्यक्तिहरुले ओरिगामिको बारेमा सिक्न पाएका थिए ।

कार्यक्रममा सहभागि व्यक्तिहरुले ओरिगामिको बारेमा सिक्न मात्र नभई जापानी पोषाक लगाउने, फोटो खिच्ने लोकप्रिय जापानी खानासुसीको स्वाद पनि लिने अवशर पाएको भाषा संघ नेपालका अध्यक्ष सृजन भान्साकार्यले बताए ।

भाषा संघ नेपाल उच्च शिक्षा अध्ययनको लागि जापानमा जाने विद्यार्थीहरुको हक हितको लागि खोलिएको संस्था भएको हुनाले विगतदेखी हालसम्म विद्यार्थीहरु लक्षित कार्यक्रम गरिरहेको यस प्रकारको कार्यक्रमबाट जापानमा अध्ययनको लागि जाने विद्यार्थीहरुले धेरै जानकारी सिक्ने मौका पाउने भाषा संघ नेपालका महासचिव बाल कृष्ण शर्माले बताए

संयोजक प्रकाश कुमार श्रेष्ठले यस प्रकारको कार्यक्रमबाट जापान जाने व्यक्तिहरुले जापानी संस्कृति  बुझ्ने अवशर पाएको बताए

अध्यक्ष भान्साकार्यले सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यसप्रकारको कार्यक्रमको आयोजना सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको जानकारी गराए

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected