२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

पाण्डे २५ नयाँ क्लब चार्टर गरी बिश्वको नम्बर १ डिष्ट्रिक्ट गभर्नर बन्न सफल

टंकराज अधिकारी । लायन्स अन्तर्राष्ट्रियको अर्ल्यान्डो कन्भेन्सनमा डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वको पहिलो स्थानमा रहन सफल भएको छ । डिष्ट्रिक्ट गभर्नर पार्बती खरेल पाण्डेले लायन्स अन्तर्राष्ट्रियको १०७औं अर्ल्यान्डो कन्भेन्सनमा बिश्वमा सबैभन्दा बढि (२५ वटा) नया क्लबहरु चार्टर गरि बिश्वको नम्बर १ डिष्ट्रिक्ट गभर्नर  बन्नु भएको हो ।

यस अघिका बर्षमा पनि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वको पहिलो स्थानमा रहन सफल भएको छ । मानवीय सेवाका कार्यमा प्रतिबद्व लायन्स अन्तर्राष्ट्रियमा आवद्व २१२ राष्ट्रका करिव ८०० डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालले सर्वाधिक धेरै क्लब, २५  वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्न सफल भई प्रथम स्थानमा प्राप्त गर्नु भएको लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर इन्डोर्सी राजन लम्सालले आफ्नो फेसबुक पेजमा पोस्ट गर्नु भएको छ ।

आईसँगै नेपालका अन्य डिष्ट्रिक्टहरू पनि शीर्ष स्थानमा  पर्न सफल भएका छन् । अन्य चार डिष्ट्रिक्टहरू डिष्ट्रिक्ट के  ले २०  क्लब, आरले १७, जे ले १३ वटा क्लब लगाएत अन्य डिष्ट्रिक्टले लायन्स अन्तर्राष्ट्रियमा नेपालबाट जम्मा १३२ क्लब चार्टर गर्न  सफल भएका हुन् । २० क्लब चार्टर गरी दोस्रो हुन् सफल ३२५ के मा दुर्गा हुमागाई डिष्ट्रिक्ट गभर्नर रहेका छन् ।

जुलाई १ बाट कार्यकाल सुरू भएको १४ दिनको अवधीमा आई ले आफ्नो प्रथम स्थान कायमै राखेको डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले बताए ।

लायन बर्ष २०२२/२३, २३ \ २४ र २४ \ २५  मा पनि डिष्ट्रिक्ट ३२५ आई नेपाल प्रथम स्थान मै रहेको थियो । २०२२/२३ मा रामबहादुर बसेल, २३ \ २४ मा चन्द्र कुमार केसी  र २४ \ २५ मा बिनोद ढुंगाना डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रहेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…