5Shares

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको अध्यक्षमा बिशन क्षेत्री निर्बाचित भएका छन । आइतबार सम्पन्न संसदीय पत्रकार मंचको छैटौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले क्षेत्रीलाई अध्यक्षमा निर्बाचित गरेको हो । उनले आफ्ना प्रतिद्वन्दी रोहित पराजुलीलाई  ४ मतले पराजित गरेका हुन।

अध्यक्षमा निर्बाचित क्षेत्री बार्हखरी अनलाईन र ढोरपाटन दैनिकमा कार्यरत छन । बिशन क्षेत्रीले २० मत पाउँदा पराजुलीले भने १६ मत मात्र प्राप्त गरेका थिए।

समितिको उपाध्यक्षमा युबराज श्रेष्ठ र अनुप पौडेलको बिचमा प्रतिष्पर्धा भएकोमा अनुप पौडेल विजयी भएका छन। पौडेल कान्तिपुर पब्लिकेसनमा आबद्द छन भने श्रेष्ठ सेतोपाटी अनलाईनमा कार्यरत छन । दुई जनाबीचको प्रतिष्पर्धामा पौडेलले २३ मत पाए भने श्रेष्ठले १३ मत मात्र प्राप्त गरेका थिए ।

यसैगरी कोषाध्यक्षमा फडिन्द्र अधिकारी र ऋषिराम बरालबीचको प्रतिष्पर्धामा ऋषिराम बराल २ मतले बिजयी भए । बरालले १९ मत पाएकोमा अधिकारीले १७ मत मात्र प्राप्त गरेका थिए । बराल पछिल्लो समय राससमा कार्यरत छन

समितको सचिबमा युनिश गुरूङ, सहसचिवमा उमा आले सहित कार्यसमितिका सदस्यहरु भने निर्बिरोध निर्बाचित भएका छन।

निर्बिरोध निर्बाचित कार्यसमितिको सदस्यहरुमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पाैडेल रहेका छन् । संसदीय पत्रकार मंचमा ३६ जना मतदाता रहेकोमा ३६ मत खसेको मंचका निबर्तमान अध्यक्ष भरत कोइरालाले जानकारी दिए।

अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता, पत्रकार सुरक्षा लगायतका संरचनागत र नीतिगत सुधारका विषयमा सरकार गम्भीर रहेको बताए । उनले प्रेस र पत्रकारिताले सत्य, तथ्य र निश्पक्ष सुचना प्रवाह गर्दै समाजलाई सकारात्मक दिशामा निर्देशित गर्नुपर्नेमा जोड दिए  ।

मञ्चको बिगतदेखि सरकार र संसद सँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताउँदै उनले संसदीय पत्रकार मञ्चले प्रदेश सभाको गतिविधि जनमानसमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा धन्यवाद व्यक्त गरेका थिए । प्रदेश सरकारले संचार क्षेत्रको विकासका लागि विगतमा भन्दा प्राथमिकता दिएको उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल र पत्रकारितासंग सम्बन्धित विभिन्न संस्थाका व्यक्तित्वहरुले अधिबेशनको सफलताको कामना गरेका थिए । मञ्चका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected