२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

ब्यक्तिगत काम कार्वाहीका आधारमा विचलित नहुनुस्- प्रदेश सांसद बराल

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले ब्यक्तिगत काम कार्वाहीका आधारमा विचलित नहुन आग्रह गरेका छन् । नेपाली कांग्रेस कास्की, जिल्ला प्रशिक्षण शाखाले ४३औं विपी स्मृति दिवसको अवसर पारी  नेपाली कांग्रेस र सुवेच्छुक संस्थाहरुसँगको अन्तर सम्बन्ध तथा राष्ट्रियता र परराष्ट्र मामिलामा विपी कोईराला बिषयक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रममा बरालले उक्त कुरा बताएका हुन् ।

शनिवार नेपाली कांग्रेस कास्कीको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि  समेत रहेका बरालले नेपाली कांग्रेसको विकल्प कांग्रेस नै भएको बताउदै ब्यक्तिगत काम कार्वाहीका आधारमा कोइ पनि विचलित नभई प्रतिश्पर्धाका माध्यमबाट नेतृत्वमा आएकाले जनअपेक्षा अनुसार काम नगरेमा बिना प्रतिशोध प्रतिश्पर्धाबाटै  प्रतिस्थापित गर्नुपर्ने बताए ।

राजनीति भनेको स्वार्थ रहित सामाजिक सेवा भएको उल्लेख गर्दै बरालले राजनैतिक पार्टी, राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरे । उनले भने –’आज जनआकांक्षा अनुसार नेतृत्वमा पुगेकाबाट काम नहुँदा नेताहरूप्रति जनआक्रोश बढेको छ त्यो आक्रोश नेता, पुरानो पार्टीहरू हुँदै व्यवस्था विरुद्ध पनि सोझिन थालेको उनको भनाई थियो ।

सुवेच्छुक संस्थाको नेतृत्वबाट वर्तमान कास्की सभापति हुनु भएका किशोरदत्त बराल स्वयम् आफु पनि सुवेच्छुक संस्थाबाट आएकोतर्फ ईगित गर्दै उनले भने– ‘सुवेच्छुक संस्था भनेका पाटीका सद्भावना दुत हुन्, पाटी निमार्णमा सुवेच्छुक संस्थाको महत्वपूर्ण योगदान छ, काम गरौं कर्म गरौं अवसर अवश्य मिल्नेछ ।’

नेपाली कांग्रेस कास्कीका उप–सभापति एवं जिल्ला प्रशिक्षण शाखा प्रमुख युवराज कुवँरको सभापतित्वमा भएको प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस र सुभेच्छुक संस्थाहरुसँगको अन्तर सम्बन्धका बारेमा पृथ्वीनारायण क्याम्पसका उप–प्राध्यापक एवं डिएलए कास्कीका निवर्तमान अध्यक्ष कपिलमणि दाहाल रराष्ट्रियता र परराष्ट्र मामिलामा विपी कोईराला बिषयमा पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक डा. भिमनाथ बरालले प्रशिक्षण एवं सहजिकरण गरेका थिए ।

सभापतित्वको आसनबाट आफ्नो मन्तब्य राख्दै नेपाली कांग्रेस कास्कीका उप–सभापति एवं जिल्ला प्रशिक्षण शाखा प्रमुख युवराज कुवँरले नेपाली कांग्रेस कास्कीले विगतका दिनमा पाटीका भातृ तथा सुवेच्छुक संस्थासँग यस प्रकारको कार्यक्रम गर्दै आईरहेकोमा यस पटक भने सुवेच्छुक संस्थासँग मात्र बसेर पाटीका सम्बन्धमा राम्रा नराम्रा र सुधार गर्नु पर्ने बिषयमा ब्यापक छलफल गर्नलाई यस कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले पाटी संगठन परिचालनमा सहयोग पुग्ने उद्देश्यले सुवेच्छुक संस्था गठन हुने तर पाटीले संस्थाबाट लाभ लिन नसकेकोले आगामी दिनमा के कसरी अगाडी बढ्न सकिन्छ भन्दै सुझाव मागेका थिए। ।

नेपाली कांग्रेस कास्की जिल्ला प्रशिक्षण शाखाका सदस्य पशुपति शर्माको सहजिकरण रहेको कार्यक्रममा सुवेच्छुक संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु क्रमशः राजु क्षेत्री, घनश्याम तिवारी, कृष्ण प्रसाद तिमिल्सीना, राजेश बुढा, कमल बहादुर साप्कोटा, दुर्गा बहादुर सुनार, तारानाथ भण्डारी, देविलाल शर्मा लगाएतले अन्तरक्रियामा भाग लिएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…