२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

लामाचौर तीज महोत्सवमा विभिन्न २२ वटा उपसमिति, महोत्सवको तयारी शुरु

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ ।
नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए। नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई थप साँस्कृतिक पर्व बनाउन समाजले आफ्नो बार्षिकोत्सवका अवसरमा महोत्सवमा संचालन गर्दै आएको छ। समाजले महोत्सवका लागि विभिन्न २२ वटा उपसमिति गठन गरि तयारी शुरु गरेको जनाएको छ।
गठित उपसमितिमा अर्थ व्यवस्थापन उपसमितिमा कमल बहादुर थापा, समन्वय विशेषमा मिलन केसी, खेल मैदान विकासमा दिल बहादुर थापा, तीज महोत्सव संरक्षण कोषमा नविन भण्डारी, जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रविमान सिंह भण्डारी, शिक्षा तथा श्रष्ट्रा सम्मानमा थिर बहादुर थापा, स्वास्थ्य तथा आकस्मिक सेवामा खुशीमान गुरुङ, कार्यालय व्यवस्थापनमा राजु बहादुर भण्डारी,खेलकुद व्यवस्थापनमा शंकर केसी, मञ्च, प्याराफिट तथा स्टल व्यवस्थापनमा प्रेम गुरुङ, टिकट व्यवस्थापनमा अमिर गुरुङ, बजार व्यवस्थापनमा वल बहादुर श्रेष्ठ , युवा परिचालनमा कुशल राना, महिला समन्वयमा शारदा पौडेल, यातायात तथा पार्किङमा अमृत गुरूङ, सुरक्षा व्यवस्थापनमा हरि बहादुर वरूवाल, स्वागत सत्कारमा सञ्जय कुमार अधिकारी, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा दिल बहादुर थापा, सुचना तथा प्रचार प्रसारमा विष्णु प्रसाद गौतम, डिजिटल बोर्ड तथा व्यानरमा प्रकाश थापा, सरसफाईमा रामजि सिके र कौशल्या ज्ञान विज्ञान पुस्तकालय तथा अनुसन्धान केन्द्र व्यवस्थापनमा सुशील केसीलाई संयोजक तोकिएको समाजले जनाएको छ।
गठित विभिन्न उपसमितिले महोत्सवको आन्तरिक तयारी शुरु गरेको बताईएको छ। आईतबार संचार तथा प्रचार प्रसार उपसमितिले छलफल गर्यो। उपसमितिले महोत्सवलाई भव्य र सभ्य बनाउन प्रचार प्रसारमा कुनै कमि नगर्ने र संचार माध्यमसँग समन्वय गरी अगाडि बढ्ने निर्णय गरेको संयोजक विष्णु प्रसाद गौतमले जानकारी दिए।
तीज महोत्सवमा तीज गीत सहित खुला भलिबल प्रतियोगिता, अन्तर मा.वि. छात्रा भलिबल प्रतियोगिता, विद्यालय नृत्य प्रतियोगिता, श्रष्ट्रा सम्मान, औद्योगिक मेला तथा विभिन्न स्टलहरु र राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक प्रस्तुतिलाई यस वर्ष पनि निरन्तरता दिईने समाजले जनाएको छ।  समाजले नेपाली नारीको महान् पर्व तीजको अवसरमा यहि भाद्र ८ गते देखि १० गतेसम्म ३ दिन महोत्सवको तयारी गरेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…