२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

जिल्ला समन्वय कास्कीको आयोजनामा पालिकाका असल अभ्यासका सम्बन्धमा अनुभव आदान प्रदान

पोखरा।  जिल्ला समन्वय समितिको कार्यालय कास्कीको आयोजनामा पोखरा महानगरपालिका लगायत कास्कीका सबै पालिकाहरूले आ.व २०८१\०८२ मा सम्पादन आपसमा असल अभ्यासका सम्बन्धमा अनुभव आदान प्रदान गरेका छन् ।
कार्यक्रममा पालिकाहरूको तर्फबाट भएका असल अभ्यासहरू प्रस्तुत गरिएका छन् । स्थानीय पालिकाहरूले आफ्नो क्षमता र स्रोत परिचालनको अवस्थाका आधारमा गरेका नवीन प्रयासहरूलाई असल अभ्यासका रूपमा अघि सारेका छन् ।
पोखरा महानगरपालिकामा अनुकरणीय कार्यका रूपमा चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन, व्यवस्थित गौशाला निर्माण, प्राविधिक शिक्षाका रूपमा गण्डकी बहु प्राविधिक शिक्षालयको सञ्चालन, कृषकहरूलाई न्यूनतम सर्मथनमूल्य प्रदान, डिजिटल कृषि बजार सञ्चालन, कृषक प्रोत्साहन, स्थानीय उत्पादनको प्रवर्द्धन, प्याकेजिङ र ब्राण्डिङ, व्यवसाय प्रवर्द्धन केन्द्र सञ्चालन, नागरिक आरोग्य कार्यक्रम, पोखरा भ्रमण वर्ष, उपप्रमुखसँग महिला कार्यक्रम र व्यवस्थित गौशाला निर्माण लगायत रहेका उल्लेख गरिएको छ ।
नगर प्रमुख धनराज आचार्यले असल अभ्यासहरूको आदानप्रदानले आपसमा सिकाइ प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरे  । स्थानीय सरकारहरूले उपलब्ध स्रोत साधनको परिचालन मार्फत विकास निर्माण, मानव संसाधनको विकास, कर्मचारी तथा जनप्रतिनिधिहरूको क्षमता विकास, शिक्षा, स्वास्थ्य, वातावरण तथा पर्यावरण लगायतको क्षेत्रमा उल्लेखनीय कार्यहरू गरिरहेको बताए ।
जिल्ला समन्वय समितिका संयोजक लिलाधर पौडेलले स्थानीय सरकारहरूलाई समन्वय मार्फत सहजीकरण गर्ने कार्यमा आफूहरू प्रतिबद्ध रहेको बताए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…