२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

आप्रवासी सहायता स्रोत केन्द्रको शुभारम्भ

पोखरा।  पोखरा महानगरपालिकाद्धारा निर्मित आप्रवासी सहायता स्रोत केन्द्र (सहायता कक्ष) को नगर प्रमुख धनराज आचार्यले सेवा शुभारम्भ गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्की परिसरमा निर्माण गरिएको उक्त केन्द्रको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको उपस्थितिमा नगर प्रमुख आचार्यले सेवा शुभारम्भ गरेका हुन् ।
सो अवसरमा आचार्यले राहदानी बनाउन जाने व्यक्तिहरूलाई विदेश जानु पूर्व दिइने आवश्यक परामर्श सेवाका लागि एक व्यवस्थित सहायता कक्ष निर्माण भएको बताए । केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यक परामर्श र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको परिवारका लागि वित्तीय साक्षरता समेतका सवालमा परामर्श सेवा दिइने उनले बताए ।
सहायता कक्ष राहदानी शाखाको नजिकै निर्माण गरिएकाले त्यसको प्रयोजन, आवश्यकता र औचित्यका सन्दर्भमा समेत काउन्सिलिङ गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । सेवाग्राहीहरूको सुविधाका लागि संरचना निर्माणमा पोखरा महानगरपालिकाले गरेको सहयोग प्रति उनले आभार समेत व्यक्त गरेकी थिइन् ।
सेवाग्राहीहरूले विश्राम गर्ने फल्चा सहित सहायता कक्ष निर्माणमा पोखरा महानगरपालिकाले १६ लाख रुपैयाँ खर्च गरेको छ । नागरिकहरूको सेवाका लागि सहज हुने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णु प्रसाद दाहाल र सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक आदिमध्वज श्रेष्ठले महानगरपालिकाको तर्फबाट श्रम तथा रोजगारको क्षेत्रमा समन्वय गरिरहेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…