२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

कोरियामा रहेका नेपालीले गरे छहरेपानीका विद्यार्थीलाई सहयोग

पोखरा। रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्।कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १६ छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभुत विद्यालयका करिब १ सय २२ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको समन्वयकर्ता छवि आचार्यले जानकारी दिए।

सो सामग्री एक कार्यक्रमका बीच वडा सदस्य रामकाजी गुरुङ, जुनकिरी फाउण्डेशन कोरिया नेपालका प्रतिनिधि दिपक बञ्जाराले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम आचार्य र प्रधानाध्यापक यम कार्कीको उपस्थितीमा विद्यार्थीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै फाउण्डेशनका नेपाल प्रतिनिधि दिपक बञ्जाराले देशका ग्रामीण क्षेत्रमा अझै पनि शिक्षा र स्वास्थ्य सर्वसुलभ हुन नसकेको बताउँदै, आफ्नो संस्था पनि यही क्षेत्रमा क्रियाशील रहेको बताए। उनले कोरियामा रहेका नेपाली तथा त्यहीका प्रहरी सेवामा कार्यरत कोरियन नागरिकसँग सहयोग संकलन गरी यहाँका जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेको सुनाए । विद्यालयका प्रधानाध्यापक यम कार्कीले भुपु विद्यार्थीको पहलमा भएको यस कार्यले अन्यलाई पनि हौसला मिल्ने बताउँदै, सहयोगी संस्था र व्यक्तिलाई आभार व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामकाजी गुरुङ, भुपु विद्यार्थी छविलाल आचार्य, सि आर भि प्रहरी लामाचौरका प्रमुख पुर्ण बहादुर विक लगायतले संस्थाले गरेको असल कार्यको प्रशंसा गरे। शिक्षक बिष्णुमाया आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रअ लक्ष्मी देवकोटाले गरेकी थिइन्। कार्यक्रममा अभिभावक, विद्यार्थी सहितका सरोकारवालाको सहभागिता रहेको थियो।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…