२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

सिर्जना बहिरा मावि को समस्या समाधानका लागि छानविन समिति गठन गरिने

लेखनाथ।  विद्यालय सुधारको माग राखी आन्दोलन गरिरहेका सिर्जना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीहरुसँग सोमबार सहमति भएको छ । पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाको पहलमा भएको सर्वपक्षिय भेलामा विद्यार्थीहरुले उठाएको समस्याका लागि महानगरको शिक्षा महाशाखामा लेखी पठाउने सहमति भएको हो ।
विद्यार्थीहरुले उठाएका समस्या समाधानका समिति बनाई छानविन गर्न महानगर शिक्षा महाशाखालाई पत्राचार गर्ने सहमति भएको वडाध्यक्ष नरेन्द्र थापाले बताउनु भयो । सहमति पश्चात विद्यार्थीले कुनै पनि निकाय अगाडी आन्दोलन नगर्ने र शिक्षकहरुले नियमित पठन पाठन गराउने सहमति भएको अध्यक्ष थापाले बताउनु भयो ।
छलफलका क्रममा छानविन पछि दोषी देखिएकालाई कारवाही गरिने प्रतिवद्धता जनाउँदै अध्यक्ष थापाले कसैको उक्साहटमा लागेर आन्दोलनमा नलाग्न सुझाव दिदै, केही समस्या भए सिधै आफुसँग राख्न आग्रह गर्नु भयो ।
सिर्जना बहिरा मा.वि फरक प्रकृतिको विद्यालय भएकाले त्यहाँको समस्या समाधानका लागि आफु गंभिर रहेको अध्यक्ष थापाले बताउनु भयो ।
छलफलमा वडा अध्यक्ष थापा, वडा सदस्य तिर्थबहादुर राजभाट, वडा शिक्षा समितिका चन्द्रबहादुर रानाभाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ सहित सदस्यहरु, गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाड, उपाध्यक्ष पार्वती भूजेल, महासचिव विश्वमित्र भिरकोटी, सल्लाहकार सुर्यमोहन बराल, दोभासे अञ्जली सुनार, विद्यार्थी प्रतिनिधि भेषराज ढकाल, अमित सुनार, मलिना श्रेष्ठ, अभिभावक गौरादेवी पाईजा रिंकु मगर, हृदयकुमार श्रेष्ठ सहितको सहभागिता रहेको थियो ।
विद्यालय प्रशासनले बिद्यार्थी विजय बि.क.लाई फसाएको, आफुहरुलाई सुरक्षा नभएको, पठन पाठनमा समस्या भएको, विद्यालयमा आर्थिक अनुशासन नभएको लगायतका समस्याहरु राख्दै आएको थिए ।
आफुहरुको माग सुनुवाई नभएको भन्दै विद्यार्थीहरुले बिगत दुई दिन देखी विद्यालयमा पठन पाठन ठप्प पारी संघर्षका कार्यक्रमहरु गर्दै आएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…