पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई कार्यालयको तर्फबाट स्वागत
- August 25, 2025
- 1161

16Shares
पोखरा। पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भई आउनुभएका मुक्तिराम अर्याललाई कार्यालयको तर्फबाट स्वागत गरिएको छ । उहाँलाई नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी सहित महाशाखा प्रमुख, शाखा प्रमुख तथा कर्मचारीहरूले स्वागत गर्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत अर्याल यसअघि लोक सेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत हुनुहुन्थ्यो । निजामती सेवामा लामो अनुभव सँगाल्नु भएका अर्यालले पर्यटकीय राजधानी पोखराको सेवा प्रवाह, विकास निर्माण र सुशासन प्रवर्द्धनमा प्रतिबद्धताका साथ लाग्ने बताउनुभएको छ । महानगरपालिकावासीहरूको सेवालाई चुस्त र प्रभावकारी बनाउन पारदर्शी समन्वयमा जोड दिनुभयो ।
नगर प्रमुख आचार्यले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई स्वागत गर्दै पोखराको विकास प्रक्रियालाई गतिवान् बनाउँदै नागरिकहरूको सेवालाई पारदर्शी र जबाफदेही बनाउने सन्दर्भमा कर्मचारी संयन्त्र परिचालनको प्रभावकारी तामा जोड दिनुभयो । उपप्रमुख गुरुङले समन्वय र सहकार्यलाई अघि बढाउँदै समृद्ध पोखरा निर्माणका लागि योगदान गर्ने दिशामा हातेमालो गर्न आग्रह गर्नुभयो ।
यसअघिको सेवा अनुभव र पर्यटकीय राजधानी पोखराको सौन्दर्ययताले थप सेवामा सर्मपीत हुने ऊर्जा प्राप्त हुने विश्वास कार्यालयले गरेको छ ।
16Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।







