२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

सिडेन गण्डकीको अध्यक्षमा शिरश बास्तोला

                केन्द्रीय अध्यक्षमा झालाई बढी मत

पोखरा । नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल गण्डकीको अध्यक्षमा शिरश कुमार बास्तोला निर्वाचित भएका छन् ।शनिबार पोखरामा सम्पन्न अधिवेसनबाट बास्तोला निकटतम प्रतिस्पर्धी अञ्जन थापालाई १ सय ७४ मतान्तरले पराजित गरेका हुन् । शिरशले २ सय ६३ मत ल्याउँदा अन्जनले ८९ मत मात्रै पाए ।

उपसभापतिमा १ सय ७७ मत सहित दीपकराज कँडेल निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी हेमप्रसाद गुरुङले १ सय ६९ मत पाए । सचिवमा महेन्द्र पौडेल १ सय ८० मत सहित विजयी हुँदा प्रतिस्पर्धी तारापति भट्टराईले १ सय ७२ मत ल्याए । यस्तै, सहसचिवमा नन्दलाल सापकोटाले १ सय ९१ मत ल्याएर जित दर्ता गर्दा सुसन त्रिपाठीको १ सय ५८ मत मात्रै आयो ।

५ सय ६४ मतदाता रहेको गण्डकीमा ३ सय ५४ जनाले मात्रै मतदान गरेका थिए । केन्द्रीय अध्यक्षमा गण्डकीबाट रविभूषण झाले अत्यधिक मत ल्याएका छन् । उनले १ सय ९१ मत पाउँदा धनेन्द्र केसीले १ सय ५९ मत पाए । उपाध्यक्षमा मदन पुरीको १ सय ७६ र सागर शमशेर शाहीको १ सय ५७ मत आएको छ ।

महासचिवमा भुपेन्द्र श्रेष्ठले १ सय ६८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सुदर्शन शर्माले १ सय ६२ मत र अर्का उम्मेद्वार कुलराज खनालले १६ मत मात्रै पाए । उपमहासचिवमा सन्तोष नेपालले १ सय ७७ मत पाए । उनका प्रतिस्पर्धी खगेन्द्र अवस्थीको १ सय ५७ मत छ । कोषाध्यक्षमा सुजित कोइरालाले १ सय ७७ मत पाउँदा रश्मिता बञ्जाराले १ सय ६६ मत पाइन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…