6Shares

काठमाडौँ। नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् ।

संस्थाको शनिबार भएको आठौँ अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । झाले अध्यक्षका उम्मेदवार धनेन्द्र केसीलाई पराजित गरेका हुन् । पार्टीको संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारबाट बनेका झाले १३१५ मत पाउँदा संस्थापन इतरबाट अध्यक्षका प्रत्याशी केसीले १००२ मत पाए ।

नवनिर्वाचित कार्यसमितिमा अधिकांश संस्थापन पक्षको प्यानलबाट प्रतिस्पर्धा गर्नेहरू छन् । उपाध्यक्षमा निर्वाचित मदन पुरीले १२८० मत ल्याए । महासचिवका लागि प्रतिस्पर्धी रहेका तीन मध्ये झाको प्यानलबाट उम्मेदवार बनेका सुदर्शन शर्माले ११७४ मत ल्याएर निर्वाचित भए । महासचिवमा भूपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले २३५ मत पाए । उपमहासचिवमा खगेन्द्र अवस्थी निर्वाचित भए भने कोषाध्यक्षमा रस्मिता बञ्जाराले जितिन् ।

निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected