२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

लेउवा संघमा पहिलोपटक महिला नेतृत्व : जानुका पराजुली प्यानललाई महिला व्यवसायीको समर्थन

पोखरा, भदौ। लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातिरहेको छ। यसै क्रममा संघको नेतृत्वमा पहिलोपटक महिला पुर्‍याउने लक्ष्यसहित जानुका पराजुली अधिकारी नेतृत्वको टिमलाई विजयी गराउन शनिबार महिला सदस्यहरूको विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

बेगनासताल चोकमा आयोजित कार्यक्रममा महिला व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। महिला सदस्यहरूको सक्रियता र संघका पूर्व अध्यक्षहरूको समर्थनका कारण जानुका प्यानलका उम्मेदवारहरू थप उत्साहित बनेका छन्।

भेलामा संघकी संस्थापक सदस्य तथा अग्रज महिला नेतृ बिन्दु सुवेदी र लामो समयसम्म कार्यसमितिमा रहेर योगदान पुर्‍याएकी गीता सुवेदीलाई विशेष सम्मान गरिएको थियो । भेलाको उद्घाटन गर्दै संस्थापक सदस्य  सुवेदीले बिरुवामा पानी हालेर प्रतीकात्मक शुभारम्भ गर्दै महिलाले संघको नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याइन्। “यो अवसर महिलाको नेतृत्व स्थापित गर्ने ऐतिहासिक क्षण हो,” उनले भनिन्, “सबै महिला गम्भीर भई सक्रिय बन्न जरुरी छ।”                                                           

संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले स्थापनाकालदेखि महिलाको योगदान महत्वपूर्ण रहेको भन्दै यसपटक महिला नेतृत्वलाई विजयी गराएर संघलाई अझ सबल बनाउनुपर्नेमा जोड दिए। पूर्व अध्यक्षहरू बाबुराम गिरी, सुमन भट्टराई र छत्रधर आत्रेयले पनि महिला नेतृत्वलाई समर्थन जनाउँदै निजि क्षेत्रमा क्षमता, इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न तथा संघलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पनि महिला नेतृत्व अपरिहार्य रहेको धारणा राखे।

अध्यक्ष पदकी उम्मेदवार एवं हालकी महासचिव जानुका पराजुली अधिकारीले नयाँ सोच, सम्भावना र लैङ्गिक समानताका आधारमा महिलाको सक्रिय सहभागिताले संघलाई सशक्त बनाउन सक्ने विश्वास व्यक्त गरिन्। उनले आफ्नो प्यानल समग्र लेखनाथ क्षेत्रको विकास अभियानमा सक्षम रहेको उल्लेख गर्दै सबैलाई महिला सहभगीता बढी रहेको आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरिन्।

कार्यक्रममा जानुकाले गरेका कार्यहरूको श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो। सो अवसरमा होटल व्यवसायी शान्ति खनाल, विमला बस्नेत, उपमहासचिवका उम्मेदवार गंगा मल्ल लगायतले महिलाको नेतृत्व र आगामी रणनीतिबारे आ–आफ्ना धारणा राखे।

सदस्य पदका उम्मेदवार प्रभा पौडेल लामिछाने, प्रतिक्षा रानाभाट र शर्मिला श्रेष्ठले महिलाले संघमा महत्वपूर्ण योगदान दिए पनि नेतृत्वमा पुग्न नपाएको गुनासो गर्दै यसपटक महिलालाई नेतृत्वमा पुर्‍याएर संघलाई विधिसम्मत ढंगले सबल बनाउन प्रतिबद्धता जनाए।

जानुका अधिकारीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडी), महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी रहेका छन्। कार्यसमितिका सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी उम्मेदवार छन्।

त्यस्तै, एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल (निर्विरोध), महिला सदस्यतर्फ शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार उम्मेदवार बनेका छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…