1Shares

पोखरा। नेपाल निजामती कर्मचारी युनियनको २३औँ स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश, जिल्ला कार्य समिति कास्की र प्रदेश विभागीय कार्य समितिको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गरिएको छ।

युनियनले बिहीबार पोखराकै नयाबजारस्थित नवप्रभात माविमा १ देखि ३ कक्षामा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारी विशिष्ट अतिथि रहेका थिए। त्यस्तै, सो अवसरमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रीति पाण्डे र निवर्तमान अध्यक्ष सुरेश कुमार श्रेष्ठले सहभागिता जनाए।

कार्यक्रममा युनियनका केन्द्र, प्रदेश, विभागीय तथा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य, सल्लाहकार, निवर्तमान प्रतिनिधि, केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधि तथा विद्यालयका विद्यार्थीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता प्रदेशका कार्यवाहक अध्यक्ष बेदप्रकाश ढकालले गरेका थिए भने सञ्चालन केदार सापकोटाले गरेका थिए।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected