२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबरदेशप्रशासनमुख्य खबरस्थानिय समाचार

कास्कीमा सुरक्षा कडा, अवान्छित गतिबिधि रोक्न नेपाली सेना सहित नेपाल प्रहरी र सशत्र प्रहरी पनि परिचालित

पोखरा, भदौ २५  । कास्कीमा सुरक्षा व्यवस्था कडा परिएको छ।  जिल्ला प्रशासन कार्यालय कास्कीले एक अपिल जारी गर्दै  अवान्छित गतिबिधि रोक्न नेपाली सेना सहित नेपाल प्रहरी र सशत्र प्रहरी पनि परिचालन भएको जनाएको हो ।

भदौ  २३ र २४  Gen Z समूहले कास्की जिल्लाका विभिन्न स्थानमा बिरोध प्रदर्शनका क्रममा अवान्छित तत्व समेत प्रवेश गरी भएको क्षती प्रति मध्य नजर गर्दै  प्रशासनले  एक अपील जारी  गरेको हो ।

अपिलमा भनिएको छ-सम्भावित असामाजिक गतिविधि, तोडफोड वा आगजनी जस्ता घटना रोक्न आवश्यक व्यवस्था मिलाइएको बताउदै  सरकारी, अर्धसरकारी, न्यायिक प्रशासनका संरचना तथा निजी सम्पत्तिलाई क्षति पुर्‍याउन खोज्नेहरूलाई कडाइका साथ कारबाही गर्ने चेतावनी दिइएको छ।

यसै सन्दर्भमा भदौ २४  गते राति १० बजेदेखि नेपाली सेनासहितका सुरक्षा निकायलाई जिल्लाभर परिचालन गरिएको  प्रशासनले जनाएको छ। अपीलमा आम सर्वसाधारणलाई शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न समेत आग्रह गरिएको छ।

प्रशासनले आपत्कालीन अवस्थामा सम्पर्क गर्न नेपाली सेना ०६१ – ५८११६०, ९७६३२४६०२२, नेपाल प्रहरी ९८५६०३९५९९ र सशस्त्र प्रहरी ०६१ – ५४४०८८ , ९८५१२७२०८० साथै टोल फ्री ११४४ का छुट्टाछुट्टै नम्बरहरू सार्वजनिक गरेको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…