२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

पोखरामा पनि कर्फ्यु

पोखरा । जेनजीको प्रदर्शन नरोकिने संकेत पाएपछि स्थानीय प्रशासनले पोखरामा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आजै एक सूचना प्रकाशित गरी विहान १० बजेदेखि राति बजेसम्म लागू हुने गरी कर्फ्यु  आदेश जारी गरिएको हो ।

स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार पूर्वतर्फ पोखरा महानगरपालिका वडा नं. ०९ स्थित चाइना पुलदेखि पृथ्वीचोक, पुरानो एयरपोर्ट हुँदै बिरौटा चोक र पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, नदीपुर हुँदै के.आई.सिंह पुलसम्मको क्षेत्र, त्यसैगरी पश्चिमतर्फ पोखरा महानगरपालिका वडा नं. ०२ स्थित बागलुङ बसपार्कदेखि जिरो किमी हुँदै हल्लनचोकसम्म, उत्तरतर्फ पोखरा महानगरपालिका वडा नं.०१ स्थित पृथ्वीनारायण क्याम्पस गेटदेखि ट्याक्सीचोक हुँदै बागलुङ बसपार्कसम्मको क्षेत्र र दक्षिणतर्फ पोखरा महानगरपालिका वडा नं. ०६ स्थित हल्लनचोकदेखि राष्ट्रबैंक चोक हुँदै बिरौटासम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

उल्लेखित चार किल्लाभित्र कुनै पनि आवतजावतका साथै प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा र बैठक गर्न निषेध गरिएको छ। यो आदेशको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ। यसअघि निषेधाज्ञा जारी गरेको प्रशासनले तुरुन्तै नयाँ सूचना प्रकाशित गरी कफूर्यु आदेश जारी गरेको हो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…