२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

मुख्यमन्त्री पाण्डेले गरे Gen-Z आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, ‘शान्ति र संवाद नै समाधानको बाटो’

पोखरा, भदौ २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते Gen-Z युवाहरूले आयोजना गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन्।

मुख्यमन्त्री पाण्डेले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको मानवीय क्षति र त्यसपछिको सार्वजनिक सम्पत्ति र ऐतिहासिक संरचनामा भएको अकल्पनीय क्षतिलाई गहिरो दुःखद भन्दै घोर निन्दा गरेका छन्। “संघीय संसद भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेशसभा भवन, प्रदेश प्रमुख तथा मुख्यमन्त्री कार्यालय, निजी सम्पत्ति र सरकारी संरचनामा भएको क्षति अत्यन्त दुःखद छ,” – विज्ञप्तिमा उल्लेख गरिएको छ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूमाथि भएको आक्रमणप्रति पनि पाण्डेले गहिरो खेद व्यक्त गरेका छन्। उनले यस्तो अमानवीय व्यवहार लोकतान्त्रिक आन्दोलनको मर्म विपरीत रहेको उल्लेख गरेका छन्।

मुख्यमन्त्री पाण्डेले भदौ २३ को आन्दोलनमा भएको बल प्रयोग र त्यसपछिका योजनाबद्ध तोडफोड तथा आगजनी घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन आवश्यक रहेकोमा जोड दिएका छन्। उनले शान्तिपूर्ण आन्दोलनको नाममा हिंसा र विध्वंस मच्चाउने प्रवृत्ति अस्वीकार्य भएको बताउँदै यस्तो कार्यको कठोर निन्दा गरेका छन्।

मुख्यमन्त्री पाण्डेले अहिलेको जटिल परिस्थितिबाट पार पाउन संयमता, संवाद र एकताको बाटोमा हिँड्नुपर्ने बताएका छन्। उनले राष्ट्रपतिद्वारा अघि सारिएको संवाद पहललाई गण्डकी प्रदेश सरकारले स्वागत गर्ने भन्दै सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रलाई सहकार्य गर्न आग्रह गरेका छन्। “संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्नु आजको आवश्यकता हो,” – उनले बताएका छन्।

पाण्डेले पछिल्लो घटनाक्रमले सम्पूर्ण राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य बनाएको भन्दै अबको आवश्यकता भनेको जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी शासन रहेको बताएका छन्। उनले नेपाली समाजको विशेषता सामाजिक एकता र सद्भाव रहेको उल्लेख गर्दै, त्यही आधारमा नयाँ बाटो पहिल्याउनुपर्ने बताएका छन्।

मुख्यमन्त्री पाण्डेले अन्त्यमा प्रदेश सरकार ‘घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा’ लिएर शान्ति, स्थायित्व र समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…