२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

अर्जुनचौपारी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण

अर्जुनचौपारी, स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले पालिका भित्रका ३० ओटा सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ को विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत छुट्टिएको बजेटबाट सामग्री वितरण गरिएको हो।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष प्रकाश तिवारीले नागरिकको स्वास्थ्य सुनिश्चित गर्नका लागि गाउँपालिकाले विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले भने, “नागरिक स्वस्थ रहे पालिका स्वस्थ रहन्छ भन्ने विश्वासका साथ हामीले स्वास्थ्य परीक्षण र शिक्षा कार्यक्रम निरन्तरता दिएका हौं।”

पालिकाले वितरण गरेको प्राथमिक उपचार बाकसमा स्टेथोस्कोप, तौल नाप्ने मेसिन, थर्मोमिटर, अक्सिजन मापन गर्ने यन्त्र र कैची लगायतका सामग्री रहेका छन्। औषधिजन्य वस्तु भने नजिकैको स्वास्थ्य चौकीबाट लिन विद्यालयलाई सुझाइएको स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर नेपालीले बताए। उनका अनुसार, यो कार्यक्रमका लागि कुल ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो।

विद्यालयमा विद्यार्थीलाई देखिने सामान्य रोगको तत्काल उपचार गर्न सजिलो होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ। साथै, पालिकाले हरेक महिना सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीको स्वास्थ्य परीक्षण र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अध्यक्ष तिवारीका अनुसार, पालिकाले नागरिकका आधारभूत आवश्यकता — स्वास्थ्य, शिक्षा र खानेपानीलाई प्राथमिकता दिइरहेको छ। उनले भने, “सिमित साधन स्रोतको अधिकतम सदुपयोग गरी नागरिकलाई प्रत्यक्ष लाभ दिलाउने हाम्रो लक्ष्य हो।”

विद्यालय मात्र होइन, पालिकाले ज्येष्ठ नागरिकहरूका लागि घरमै स्वास्थ्य परीक्षण र औषधि वितरणको व्यवस्था समेत गरेको छ। सुगर, प्रेसर लगायत रोगहरूको नियमित परीक्षण गरी घरमै औषधि उपलब्ध गराउने काम भइरहेको अध्यक्ष तिवारीले जानकारी दिए।

गाउँपालिकाले घरधुरीमा पुगेर स्वास्थ्यकर्मीमार्फत तथ्यांक संकलन गर्ने र सोही आधारमा नीति तथा कार्यक्रम तयार पार्ने अभ्यासले पालिकावासी खुशी भएको जनाइएको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…