
पोखरा । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ। हालै पोखरामा सम्पन्न बैंकको १९औँ वार्षिक साधारणसभाले बैंकलाई वाणिज्य बैंकको श्रेणीमा उकास्ने महत्त्वपूर्ण प्रस्ताव पारित गरेको हो।
अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको सभाले बैंकको चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ। सोही प्रस्तावअनुसार, पुँजी वृद्धि गर्नका लागि बैंकको प्रबन्धपत्र संशोधन गरिनेछ र नेपाल राष्ट्र बैंकका मापदण्डअनुसार स्तरोन्नतिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ। बैंकले सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ, जसअन्तर्गत १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहेको छ।





सम्बन्धित खवर
















