२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम काठमाडौंको सामाखुशीमा सम्पन्न भएको छ। टीयू लायन्स ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १०१ युनिट रगत संकलन गरिएको कार्यक्रमका संयोजक डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट चिफ पंकज जलानले जानकारी दिए।

काठमाडौंस्थित विभिन्न ५० वटा लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका एलसीआईएफ एरिया लिडर  राजन लम्साल रहेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सुर्य कुमार केसी, टीयू ब्लड बैंकका अध्यक्ष एवं पूर्व डिष्ट्रिक्ट गभर्नर  राजेन्द्र गिरी, उपाध्यक्ष तथा पीएमसिसी  मन बहादुर रोका लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

संयोजक जलानका अनुसार हाल देशभर रगतको अभाव देखिएकाले उक्त रक्त अभाव पूर्तिका लागि विशेष अभियान स्वरूप कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमका क्रममा रक्तदाताहरुलाई निःशुल्क टी–सर्ट वितरण गरिएको थियो।

समग्र कार्यक्रमको व्यवस्थापन टीयू ब्लड बैंकका उपाध्यक्ष समेत रहेका पीएमसिसी लायन मन बहादुर रोकाको संयोजनमा सम्पन्न भएको थियो। रगतदान जीवनदान भन्ने सन्देशका साथ सम्पन्न सो कार्यक्रमले समाजमा स्वेच्छिक रक्तदानको महत्त्वबारे जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…