२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबरस्थानिय समाचार

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा सडकमा जमेको फोहोर सफा गर्ने, झाडी हटाउने तथा बाटोमा रहेका ढुङ्गा–ढिस्को पन्छाउने कार्य गरिएको अन्नपुर्ण गाउँपालिका-४ का वडाध्यक्ष आइन्दल गुरुङले  जनाए।

कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसीले यस्ता जनसहभागितामूलक कार्यक्रम अन्य वडाहरूमा पनि प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले सामूहिक श्रमदानले सार्वजनिक सम्पत्तिको संरक्षण तथा मर्मतप्रति स्थानीयमा अपनत्व र दायित्वबोध बढाउन मद्दत गर्ने कुरा बताए थिए ।

स्थानीय नेतृत्व र समुदायको एकीकृत प्रयासले सडक खण्ड सफा भएपछि यात्रुहरूको आवागमन सहज हुनुका साथै समुदायमा एकता, सामाजिक सद्भाव र श्रम संस्कृतिको विकासमा समेत योगदान पुगेको  वडाध्यक्ष गुरुङले बताए। उनका अनुसार कार्यक्रममा सयौँ स्थानीय बासिन्दा, युवा क्लब, आमा समूह, टोल सुधार समिति, जनप्रतिनिधि तथा वडा कार्यालयका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमपछि आयोजित सभामा विभिन्न टोलका संयोजकहरूले सक्रिय सहभागिताका लागि सबै स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरेका थिए भने वडा सदस्य विजय गुरुङले  निःस्वार्थ श्रमदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै वडाको विकास निर्माणमा निरन्तर हातेमालो गर्न आग्रह गरे।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…