२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

‘शारीरिक मात्र होइन मानसिक स्वास्थ्यका लागि पनि खेल अपरिहार्य’ — प्रदेश प्रमुख भट्ट

अन्नपुर्ण, कास्की। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदलाई शारीरिक विकाससँगै मानसिक स्वास्थ्यका लागि पनि अत्यावश्यक भएको बताउनुभएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई उत्साह दिन प्रमुख अतिथिका रूपमा उपस्थित हुँदै उहाँले खेलकुदले युवाहरूको शरीर र मस्तिष्क दुवैको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

प्रदेश प्रमुख भट्टका अनुसार गाउँस्तरबाटै खेलकुदमार्फत खेलाडी छनोट भई जिल्ला, प्रदेश हुँदै केन्द्रीय स्तरसम्म प्रतिस्पर्धा गर्ने प्रकृयाले खेलकुदको संरचना थप सुदृढ बनेको छ। “गाउँ तहबाटै विद्यार्थीले सहभागी हुने मौका पाउँदा हजारौँ बालबालिकाले खेलकुदमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गरेका छन्,” उहाँले भन्नुभयो।

यस प्रतियोगिताले दूरदराज क्षेत्रबाट समेत प्रतिभाशाली खेलाडी उत्पादनमा मद्दत पुर्‍याएको साथै स्थानीय खेलकुदको प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याएको प्रदेश प्रमुख भट्टको भनाइ थियो।

उहाँका अनुसार रनिङ शिल्डजस्ता प्रतियोगिताले युवा विद्यार्थीमा जोश–जाँगर र आत्मबल थप्ने मात्र होइन, विद्यार्थी, गाउँबासी र जनप्रतिनिधिबीचको सम्बन्ध पनि प्रगाढ बनाउन सहयोग पुर्‍याएको छ। युवा पुस्ताको खेलकुदमा सक्रियता स्वास्थ्यसम्बन्धी जीवनशैली अंगाल्न प्रेरित गर्ने तथा सकारात्मक शारीरिक प्रभाव पनि देखिने उहाँको भनाइ थियो।

प्रदेश प्रमुख भट्टले सानै उमेरदेखि खेलकौशल विकास गर्न सके भविष्यमा सम्भावनायुक्त, अनुशासित तथा नेतृत्व क्षमतायुक्त व्यक्तित्व बन्न मद्दत पुग्ने बताउनुभयो। “युवाले खेललाई माध्यम बनाउन सक्छन्, जसले आत्मसम्मान बढाउनेदेखि सामाजिक सीप विकाससम्ममा महत्वपूर्ण भूमिका खेल्छ,” उहाँले जोड दिनुभयो।

शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता भरतमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बराल लगायतले पनि शुभकामना व्यक्त गरेका थिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…