
पोखरा। पोखराका पर्यटन व्यवसायी प्रजापति भारती (प्रज्वल) लाई पितृशोक परेको छ। उनका पिता कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–३, मराईचे निवासी ८६ वर्षीय महादेव भारतीको मंसिर २८ गते आइतबार निधन भएको हो।
नशासम्बन्धी अर्धपक्षघातका कारण लामो समयदेखि बिरामी रहनु भएका भारतीको आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ। उनका उहाँका आफन्त पूर्णप्रसाद भारतीका अनुसार उहाँ केही समयदेखि उपचाररत हुनुहुन्थ्यो।
सामाजिक व्यक्तित्वका रूपमा परिचित स्व. भारतीका परिवारमा ८१ वर्षीया श्रीमती कलावती भारती, ६ छोरा र २ छोरी छन्। उनका छोराहरूमा जेठा छोरा हरिप्रसाद भारती, डिल्लीराम भारती, प्रजापति भारती (प्रज्वल), मोतीलाल भारती, दुर्गालाल भारती र श्रीराम भारती रहेका छन् भने छोरीहरू पार्वती गिरी र धनमाया गिरी छन्। साथै उहाँका दर्जनौँ नाति–नातिनाहरू रहेका छन्।
स्व. भारतीका साइला छोरा प्रजापति भारती (प्रज्वल) पोखरा–६ लेकसाइडस्थित माउन्ट भ्यु पोखरा र ग्रीन तारा होटलका सञ्चालक हुन्। उनी पर्यटन व्यवसायसँगै विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आएका छन्। प्रज्वल रोटरी क्लब अफ पोखरा भ्याली, होटल संघ पोखरालगायतका पर्यटनसंग सम्बन्धित संस्थाहरुमा आबद्ध छन्।
स्व. महादेव भारतीको निधनप्रति परिवारजन, इष्टमित्र तथा बिभिन्न संघ संस्थाले गहिरो दुःख व्यक्त गरेका छन्।











