२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

१४ औं पोखरा महोत्सवको सह प्रायोजकमा सिटिजन फर्निचर

पोखरा । १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो ।

मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ बिच महोत्सवको सह प्रायोजक गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि गर्दै आएको छ । सिटिजनले यसअघि १२ औं संस्करणको पोखरा महोत्सवमा टिकट प्रायोजनमा समेत रहेर महोत्सवलाई साथ दिदै आएको थियो ।

मंगलबार आयोजित सम्झौता कार्यक्रममा बोल्दै सिटिजन फर्निचरका सञ्चालक दीपक कार्कीले सामाजिक सेवामा लागेको युनाईटेड क्लब संग सिटिजन फर्निचरले पोखरा महोत्सवको माध्यामबाट सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनात्मक काम गरेको र सिटिजन फर्निचर समेत उक्त सामाजिक काममा संलग्न हुन पाउनु आफैमा गर्वको कुरा भएको बताउदै कार्कीले युनाईटेड क्लब संग आगामी महोत्सवहरुमा समेत सहकार्य गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । सो अवसरमा वोल्दै युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सिटिजन फर्निचर संगको सहकार्यले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन थप मदत पुगेको बताए । त्यस्तै क्लबका कोषाध्यक्ष जयराम आचार्यले विभिन्न ब्यवसायीक संघ संस्थाहरुको साथ र सहयोगकै कारण पोखरा महोत्सव १४ औंं संस्करण सम्म आइपुगेको र १४ औं संस्करणको पोखरा महोत्सवमा सिटिजन फर्निचर सह प्रायोजकको रुपमा जोडिदा पोखरा महोत्सवको गरिमा थपिएको बताए । पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर रहेको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…