२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको उपाध्यक्ष पदमा मनोहरि पौडेल चयन भएका छन्।  एसोसियसनको १४औँ अधिवेशनमा उपाध्यक्षका उम्मेदवार राजु केसीको उम्मेदवारी एसोसियसनको विधानअनुसार योग्य नठहरिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी र आदेशअनुसार खारेज गरिएको थियो । त्यसपछि एसोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई उपाध्यक्ष पदमा चयन गरिएको एसोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले जानकारी दिए ।

यसअघि एसोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहेका छन् । साथै उनी त्रिलोकेश्वर शिव मन्दिर, पोखरा–२८ का अध्यक्ष, सुर्केमैदान सृजनशील क्लब कालिकाका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीको प्रदेश परिषद् सदस्य तथा नेपालय न्युज डटकमका सह–सम्पादक समेत रहेका छन् ।

उपाध्यक्ष पदमा चयन भएपछि पौडेलले नियम, कानुन र विधानको सधैँ सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचनका क्रममा निर्वाचन समितिका संयोजकबाट आफूलाई पूर्वाग्रही ढंगले अन्याय गरिएको भए पनि एसोसियसनको विधानअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले न्याय दिएकोमा उनले आभार प्रकट गरे । उनले उपाध्यक्षको जिम्मेवारीमा रहँदा संस्थागत विकास र बुद्ध विशाल बजारका व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।

हालै सम्पन्न बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २७औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनले अध्यक्षमा बुद्धिबहादुर कुँवर, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द दाहाल तथा सदस्यहरूमा कृष्ण कुँवर, अनु थापा, शम्भु खत्री, सञ्जय श्रेष्ठ, प्रकाश पौडेल, दिनेश गुरुङ, इन्द्रमाया गुरुङ र लक्ष्मण आचार्यलाई निर्वाचित गरिसकेको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…