२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, कास्कीको अध्यक्षमा कृष्ण प्रसाद अधिकारी

पोखरा। राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, जिल्ला समिति कास्कीको अध्यक्षमा कृष्ण प्रसाद अधिकारी निर्विरोध चयन भएका छन्। शनिबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका महासचिव खगेन्द्र पराजुलीका अनुसार अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो। निर्वाचन समितिमा संस्थाका कानुनी सल्लाहकार दुर्गा प्रसाद कोइराला, केन्द्रीय सचिव भरतचन्द्र गौतम तथा सह–कोषाध्यक्ष तारा थापा सदस्यका रूपमा रहेका थिए।

निर्वाचनबाट समितिको वरिष्ठ उपाध्यक्षमा दिवाकर बास्तोला, उपाध्यक्षमा रामचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती बास्तोला, सचिवमा कृष्ण प्रसाद पौडेल, कोषाध्यक्षमा शिव बराल, सह–सचिवमा मोहन बराल तथा सह–कोषाध्यक्षमा जयराम तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा पिताम्बर बास्तोला, हरिचन्द्र आचार्य, बुद्धीसागर पौडेल, सिता अधिकारी, सरु साप्कोटा, कोपिला गौली बास्तोला, बुद्धदेवी कुवँवर, सिता महाकाली, बिनु सुवेदी, रमा गौतम, कल्पना सिन्देल, आरती अधिकारी, विश्वराज न्यौपाने, लक्ष्मी दाहाल र कृष्णबहादुर जिसी चयन भएका छन्।

नव–निर्वाचित अध्यक्ष कृष्ण प्रसाद अधिकारीले संस्थाको भावना, मूल मर्म र उद्देश्यअनुरूप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अग्रजहरूको मार्गदर्शन तथा कार्यसमितिको सामूहिक सहयोगबाट संस्थाको गरिमा अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

यसअघि कार्यक्रमको उद्घाटन राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनाल ‘लेकाली’ले गरेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष प्रजापति पराजुली तथा गण्डकी प्रदेश अध्यक्ष बसन्त बास्तोलालगायतले संस्था गठनको उद्देश्य र हालसम्मका गतिविधिबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रम राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, कास्कीका अध्यक्ष सालिकराम गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…