२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पोखरा महोत्सवमा माघ ४ गते देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने

पोखरा । पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत प्रतियोगिताको पहिलो दिन पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञान गंगाबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ५ गते सेन्ट मेरिज, अञ्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदन बीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ६ गते डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुल बीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

त्यसैगरी माघ ७ गते कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुल बीच प्रतिस्पर्धा हुने छ । माघ ८ गते अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

फाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरु बीच माघ १० गते फाइनल प्रतिस्पर्धा संगै सोही दिन पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्ने दुई समुहले क्रमश नगद ५०, ३५, २५, १५ हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन ।

चौथो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिती दिन प्रतिदिन बडिरहेको महोत्सवका सचिवालय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार वढिरहेको महोत्सवका अर्थ तथा सटल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा लत्ताकपडा तथा घरायसी सामाग्रीको ब्यापार वढ्दो रहेको छ ।

महोत्सवमा शुक्रबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । पंगेनीसंगै कलाकारहरु चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, नबिना सुवेदी अर्चना चापागाईको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने हाँस्य ब्यंग्य तर्फ पोखरेली माग्नेबुढा र धुर्मुसको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।

साँझको लाइभ कन्सर्टमा पोखरेली ब्याण्ड डी मर्चाको प्रस्तुती रहेको थियो । महोत्सवको पाँचौ दिन माघ ३ गते शनिवार प्रकाश सपुतको प्रस्तुती रहनेछभने साँझको लाइभ कन्सर्ट तर्फ अनुप्रस्थाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…