0Shares

पोखरा । आसन्न फागुन–२१ गते (भोलि) हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन मतदाताले आफ्नो पहिचान खुल्ने आधिकारिक मूल (ओर्जिनल) कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने भएको छ। निर्वाचन व्यवस्थापनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन यस्तो प्रावधान लागू गरिएको हो।

निर्वाचनमा खटिएका अधिकारीका अनुसार मतदान केन्द्रमा प्रवेश र मतदाता नामावली प्रमाणीकरणका क्रममा फोटोसहितको वैध परिचयपत्र अनिवार्य जाँच गरिनेछ। फोटो कपी वा डिजिटल प्रतिलिपि मान्य नहुने स्पष्ट पारिएको छ।

मतदाताले आफ्नो पहिचान खुल्ने कागजातहरु- मतदाता परिचयपत्र, नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट),सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स), जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) मध्ये कुनै एक भए पुग्ने छ।

निर्वाचन अधिकृतहरूले मतदातालाई समयमै आफ्नो मतदान केन्द्रमा पुग्न र आवश्यक कागजात साथमा ल्याउन आग्रह गरेका छन्।लोकतन्त्रको सुदृढीकरणका लागि प्रत्येक मत महत्वपूर्ण हुने भएकाले निर्धारित मितिमा आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई आह्वान गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected