२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
सहकारीस्थानिय समाचार

सिद्धिखर बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

‘समृद्ध समाजको नेतृत्व, सहकारीको दायित्व’ भन्ने मुल नाराका साथ चन्द्रागिरि नगरपालिका–७ मा सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । शनिबार विहान १० बजे देखि सुरुभएको कार्यक्रम दिउँसो दुई बजेसम्म संचालन गरिएको थियो । उक्त कार्यक्रममा रक्त संचार केन्द्र, काठमाडौंबाट आएका ४ जना डाक्टरहरुले सेवा दिएका थिए । रक्तदान कार्यक्रममा महिला ११ पुरुष ३९ गरी ५० जनाको सहभागिता रहेको थियो ।

सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्रीराम लामिछानेले देशैभरी भएको रगतको समस्यामा न्यूनिकरणको लागि यो रक्तदानले केही हदसम्म भएपनि टेवा पुग्नेमा आफु विश्वस्थ रहेको बताउनु भयो । उहाँले यो सहकारीले ऋण तथा बचतको मात्र काम नगरि उत्पादन क्षेत्रमा लगानी गर्दै आएको पनि बताउनु भयो । युवापुस्ता दिनानुदिन विदेश पलायन भएको अवस्थामा सहकारीले चन्द्रागिरि नगर भित्रका युवालाई विभिन्न किसिमको तालिम दिई उत्पादन क्षेत्रमा लगाउँदै आएको अध्यक्ष लामिछाने बताउनु हुन्छ । सरकारले समृद्ध नेपाल सुखी नेपाली भनिरहँदा यो सहकारीले नगरमा बढ्दै गएको बेरोजगारि समस्यालाई केही हदसम्म भएपनि कम गर्न सहकारी सफल भएको लामिछानेको दाबी छ ।

४ सय बढी सदस्य रहेको सहकारीले केही दिनको लागि सदस्यता खुल्ला गरेको छ ।

Read more

संकटको समयमा उदाहरणीय पहल : विशाल सहकारीले सार्वजनिक गर्‍यो नयाँ नीति

पोखरा, असार २१ — देशभर अधिकांश बचत तथा ऋण सहकारी संस्था विभिन्न समस्या र संकटबाट गुज्रिरहेका बेला गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा परिचित विशाल बचत तथा ऋण सहकारी…

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

उज्वल सहकारीको १८औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न, नरेन्द्र बास्तोला पुनः अध्यक्षमा निर्वाचित

पोखरा । उज्वल बचत तथा ऋण सहकारी संस्था लि., पोखराको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुधबार सम्पन्न भएको छ। अधिवेशनबाट आगामी कार्यकालका लागि ९ सदस्यीय सञ्चालक…

मसिना पर्यटन सहकारीको १३औँ साधारण सभा सम्पन्न, प्रकाशचन्द्र पागल पुनः अध्यक्षमा चयन

लेखनाथ। पोखरा महानगरपालिका वडा नं. ३२ स्थित मसिना पर्यटन बचत तथा ऋण सहकारी संस्था लि. को १३औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। कास्कीको प्रवेशद्वारमा…

जनता सहकारीको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन

लेखनाथ। पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको छ । हरेक…