२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
विज्ञान प्रविधि

लकडाउनमा सेफर्डको अनलाइन कक्षा

काठमाडौं
पत्रकारिता अध्ययन गराउँदै आएको काठमाडौं स्थित सेफर्ड कलेजले लकडाउनको समयमा अनलाइन मार्फत कक्षा संचालन गरेको छ ।
लकडाउन खुल्ने र शैक्षिक संस्था नियमित हुन अनिश्चित भएसँगै बिद्यार्थीलाई अनलाइन मार्फत छलफल गराउन थालिएको सहायक क्याम्पस प्रमुख कविता शर्माले जानकारी दिइन् । ‘लकडाउनको कारण कलेजको शैक्षिक क्यालेन्डरमा थलमाथी नआउने गरि अनलाइन क्लास शुरु गरेका छौं,’ सहायक क्याम्पस प्रमुख शर्माले भनिन्,‘सबै बिषयगत शिक्षकले तयारीका साथ प्रस्तुतीहरु दिइरहनु भएको छ ।’ उनले प्राय ः सबै बिद्यार्थीलाई अनलाइन कक्षामा जोडिन आग्रह गरेको र संभव भएसम्म सबै आएको भए पनि छुटेका केही बिद्यार्थीलाई कक्षा रेकर्ड समेत गरिएकोले पछि उपलब्ध गराउने बताइन् ।
शर्माले अहिलेलाई सबै तहका सबै सेमेस्टरको दैनिक एक एक कक्षा संचालन गरिएको र आवश्यकतामा आधारमा थप गर्दै जाने बताइन् । ‘क्लास प्रभावकारी रुपमै अगाडि बढिरहेको छ, यो प्रविधिको प्रयोगसँगै लकडाउनको समयमा थप सृजशिल बन्न सहयोग पुराउने प्रयास पनि हो,’उनले भनिन्,‘हामीले अहिले कक्षा संचालन गर्दै आएका छौं, कलेजको आफ्नै एप्स पनि भएकोले सोही मार्फत पनि सन्दर्भ सामाग्री बिद्यार्थी माझ पुराउने र विद्यार्थीको रेकर्ड अपडेट समेत गर्दै आएका छौं ।’
उनले कलेज बन्द रहेको भए पनि अनलाइन मार्फत नियमित काम गर्दै आएको र आवश्यकतामा आधारमा अनलाइनबाटै रेस्पोन्स गर्दै आएको बताइन् । सेफर्डले आफुलाई प्रविधिसँग जोडेर कसरी प्रभावकारी संचार गर्न सकिन्छ भन्ने कुरामा पहिले देखी नै अभ्यास गर्दै आएकोले अहिले यो असहज परिस्थितिमा त्यसले सहयोग पुराएको कार्यकारी निर्देशक तरुण प्रताप शाहले बताए । ‘बिद्यार्थीसँग भौतिक सम्पर्क टाढिँदा पक्कै पनि दुःखी त छौं तर कुनै न कुनै माध्यमबाट नियमित सम्पर्कमा रहने प्रयास गरेका छौं,’उनले भने,‘विद्यार्थीलाई ज्ञानआर्जन गर्न सहयोग पुराउन कुनै पनि कसुर बाँकी राखेका छैनौं र राख्ने छैनौं ।’
सेफर्डले चार वर्षे–आठ सेमेस्टर व्याच्लर इन मिडिया टेक्नोलोजी (बिएमटी) र दुई वर्र्षेे– (चार सेमेस्टर) मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी) संचालन गरिरहेको छ ।

Read more

भारी छुटका साथ पोखरामा सार्वजनिक भए अत्याधुनिक ‘कुलप्याड‘ स्मार्टफोन

पोखरा । पोखरा बजारमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक स्मार्टफोन ब्रान्ड कुलप्याड (Coolpad) ले आफ्नो औपचारिक उपस्थिती जनाएको छ। बनई गोरैया ग्रुपले आधिकारिक आयातकर्ता बनेर कुलप्याडका चार मोडलका स्मार्टफोन मंगलवार…

मेलामा सूचना प्रविधिबारे परिचर्चा : ‘सामाजिक संजालमा व्यक्तिगत सूचना छताछुल्ल नपारौँ’

पोखरा, १५ माघ । युवावस्था,सामान्य पहिरन र हाउभाउ । यस्ता पनि कम्पनीको सिइओ (मुख्य कार्यकारी निर्देशक) हुन्छन् र ? प्रश्न अस्वभाविक थिएन । तर, जब उनीहरुले बोल्न थाले…

जागिर खाँदै इन्जिनियर बन्नेहरूका लागि नेक विडिएच

काठमाडौं । एसईई उत्तिर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेर जागिर खाइरहेकाहरुलाई त्यसभन्दा माथिको उच्च शिक्षा…

नेपाल इन्जिनियरिझ कलेज प्रति विद्यार्थीकाे आकर्षण, प्रवेश परीक्षामा उत्साहजनक सहभागीता

काठमाडौं । नेपालमै सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने हेतूले स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागीता रहेको…

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ करोड़को छात्रवृत्ति दिँदै नेक

काठमाडौ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड़ बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले…

टेलिकमले ल्यायो नयाँ मनसुन अफर

काठमाडौं । नेपाल टेलिकमले भोलि १ साउन २०८१ देखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक प्याक तथा सुविधा भएको यो नयाँ प्याकेज…