टेलिकमले ल्यायो नयाँ मनसुन अफर
- टेलिकमका ग्राहकले ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेज खरिद गर्न तथा त्यस बारेमा जानकारी लिन सक्नेछन् ।
- July 18, 2024
- 1530

काठमाडौं । नेपाल टेलिकमले भोलि १ साउन २०८१ देखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक प्याक तथा सुविधा भएको यो नयाँ प्याकेज ल्याएको हो । कम्पनीले ल्याएका कम्बो, अनलिमिटेड लगायतका प्याकेजका लागि प्राप्त रिसोर्स (डेटा, भ्वाइस र एसएमएस) समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने सहुलियत दरका एड अन प्याकेजहरू समेत सञ्चालनमा ल्याएको छ । टेलिकमका ग्राहकले ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेज खरिद गर्न तथा त्यस बारेमा जानकारी लिन सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।
कम्बो प्याक

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेका कम्बो प्याकेजहरू उपलब्ध गराइएको छ । जस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र दुई जीबी डेटा पाउन सकिने छ । त्यस्तै अर्को २९९ रुपैयाँको प्याकमा ३०० मिनेट अल–नेट भ्वाइस, चार जीबी डेटा र २० ओटा अन–नेट एसएमएस पाइनेछ । यसैगरी ४९९ पर्ने कम्बो प्याकमा ५०० मिनेट अल–नेट भ्वाइस, आठ जीबी डेटा र १०० ओटा अल–नेट एसएमएस रहेका छन् । यस बाहेक ४९ रुपैयाँमा एक दिनका लागि एक एमबीपीएस अनलिमिटेड डेटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस तथा पाँच एमबीपीएससम्मको अनलिमिटेड डेटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक लिन सकिने छ । त्यस्तै १९९ रुपैयाँमा भ्वाइस तथा डेटा सुविधासहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराइएको छ ।



सजिलो अनलिमिटेड प्याक

यस बाहेक प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध सजिलो अनलिमिटेड प्याकहरू लाई पनि निरन्तरता दिइएको छ । सस्तो पर्ने गरी परिमार्जित रूपमा ल्याइएका यी प्याकमा ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डेटा र २०० अल–नेट एसएमएस पाउन सकिन्छ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि थप सुविधा आकर्षक बनाइएका छन् । यी प्याकहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताले २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताले ३० दिनको समयावधि पाउनेछन् ।
भ्वाइस प्याक
कम्पनीले अन-नेट अर्थात् कम्पनीकै नेटवर्कमा कल गर्न सकिने, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट भ्वाइस प्याकेज पनि उपलब्ध गराएको छ ।
डेटा प्याक
यति मात्र होइन एक दिन देखि २८ दिनसम्म समयावधि रहेका २९ रुपैयाँदेखि ९९९ रुपैयाँसम्मका एक जीबीदेखि १०० जीबीसम्मका प्याकेज पनि ल्याइएको छ । पोस्टपेडमा भने ३७३ वा सो भन्दा बढी मूल्यको प्याकेजमा मासिक रूपमा तिनुपर्ने रेन्टल चार्ज पनि समावेश हुनेछ ।
क्र.सं |
प्याकेजको नाम |
रिसोर्स (जीबी) |
मान्य अवधि (दिन) |
शुल्क रु. (करसहित) |
कैफियत |
१ |
१ जीबी डेटा प्याक |
१ जीबी |
१ |
२९ |
|
२ |
३ जीबी डेटा प्याक |
३ जीबी |
१ |
९९ |
|
३ |
५ जीबी डेटा प्याक |
५ जीबी |
७ |
१०९ |
|
४ |
१२ जीबी डेटा प्याक |
१२ जीबी |
७ |
१९९ |
|
५ |
७ जीबी डेटा प्याक |
७ जीबी |
२८ |
२९९ |
|
६ |
१३ जीबी डेटा प्याक |
१३ जीबी |
२८ |
३९९ |
(पोस्टपेडमा रेन्टल सहित) |
७ |
२० जीबी डेटा प्याक |
२० जीबी |
२८ |
४९९ |
|
८ |
५० जीबी डेटा प्याक |
५० जीबी |
२८ |
८९९ |
|
९ |
१०० जीबी डेटा प्याक |
१०० जीबी |
२८ |
९९९ |



