भारी छुटका साथ पोखरामा सार्वजनिक भए अत्याधुनिक ‘कुलप्याड‘ स्मार्टफोन


पोखरा । पोखरा बजारमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक स्मार्टफोन ब्रान्ड कुलप्याड (Coolpad) ले आफ्नो औपचारिक उपस्थिती जनाएको छ।

बनई गोरैया ग्रुपले आधिकारिक आयातकर्ता बनेर कुलप्याडका चार मोडलका स्मार्टफोन मंगलवार पोखरामा सार्वजनिक गरेको हो। गण्डकी प्रदेशमा भने यसको बिक्री तथा वितरणको जिम्मा माउण्ट एभरेस्ट बिजनेस ग्रुप प्रा.लि. ले लिएको छ।

माउण्ट एभरेस्ट बिजनेस ग्रुपका अध्यक्ष देव कुमार श्रेष्ठको अध्यक्षता बिजी ग्रुपका सीईओ समर्पण मिश्रको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक कार्यक्रममा ग्रुपका कण्ट्री मेनेजर बिशाल बरालको पनि उपस्थिति रहेको थियो ।
बिजी ग्रुपका सीईओ समर्पण मिश्रले उपभोक्तालाई विश्वस्तरीय र गुणस्तरीय मोबाइल उपलब्ध गराउने उद्देश्यसहित कम्पनी अघि बढेको बताए। उनका अनुसार नेपाली भौगोलिक परिस्थिति र उपभोक्ताको मागलाई ध्यानमा राख्दै लामो अध्ययनपछि यी मोडल नेपाल ल्याइएको हो। उनले उपभोक्ता सेवा र सुविधा सुनिश्चित गर्न गण्डकी प्रदेशमै अत्याधुनिक आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याइने जानकारी दिए।
कम्पनीका नेशनल सेल्स हेड विशाल बरालले चारै मोडलका स्मार्टफोनहरू आकर्षक लुक्स, प्रतिस्पर्धात्मक मूल्य र नेपाली आम्दानीअनुसार बजारमा उपलब्ध रहेको बताए। कुलप्याड मोबाइल खरिद गर्ने ग्राहकलाई काठमाडौ लाजिम्पाटस्थित इनोभा हस्पिटलमा उपचारमा लाग्ने दस्तुरमा २०%सम्म छुट पाउने छन्। साथै, ग्राहकलाई थाइल्यान्ड भ्रमण गर्ने अवसर समेत दिलाउने बरालले जानकारी गराए ।
माउण्ट एभरेस्ट बिजनेस ग्रुप प्रा.लि.का प्रवन्धक जीवन ढुंगाना र निर्देशक चिन्तामणि खरेलले प्रा लि स्थापना गर्नुको उद्देश्य र भावी रणनीतिका बारेमा उपस्थित मोबाइल बिक्रेताहरूलाई जानकारी गराई संस्थाको शेयर सदस्य बन्न प्रेरित गरेका थिए।
नेपालमा सार्वजनिक चार मोडल
- कुलप्याड X100
- १०८MP एआई ट्रिपल क्यामेरा
- १२०Hz अल्ट्रा स्मूथ डिस्प्ले
- Helio G99 गेमिङ प्रोसेसर
- १६/२५६GB भेरियन्ट
- मूल्य: रू. २३,९९९
- कुलप्याड CP12 Neo Plus
- १२०Hz डिस्प्ले
- ५०००mAh ब्याट्री
- १३MP एआई क्यामेरा
- ८/६४GB – रू. १०,४९९
- १०/१२८GB – रू. ११,९९९
- कुलप्याड C15
- ९०Hz डिस्प्ले
- ५०००mAh ब्याट्री
- ५०MP क्यामेरा
- १२/२५६GB भेरियन्ट
- मूल्य: रू. १५,४९९
- कुलप्याड C16
- ९०Hz डिस्प्ले
- ५०००mAh ब्याट्री
- ५०MP एआई ट्रिपल क्यामेरा
- “See More, See Power” स्लोगन
- मूल्य: रू. १२,९९९
अमेरिका, अफ्रिका र एसियाका धेरै मुलुकमा लोकप्रिय बनेको कुलप्याड अब नेपालमा पनि देशभरका प्रमुख मोबाइल स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।





