२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026
अर्थ र वाणिज्यदेशमुख्य खबर

मुक्तिनाथ विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार

काठमाण्डौं, १ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई दिने पुस्कारबाट यस वर्ष मुक्तिनाथ विकास बैंक पुरस्कुत भएको छ । आइक्यानले विभिन्न विधामध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५÷०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार मुक्तिनाथ विकास बैंकलाई प्रदान गरेको हो । आइक्यानले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन विधामा बैंकिङ्ग, वित्तीय, बीमा क्षेत्र, सार्वजनिक र सामान्य क्षेत्र तोकेको थियो । त्यसमा विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको उत्कृष्ट पुरस्कार प्राप्त गरेको हो ।

आइक्यानले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको शपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको हो । महालेखा परिक्षक टंकमणि शर्माले मुक्तिनाथ बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई प्रतिष्ठित पुरस्कार मानिन्छ । बैंकले हाल ४२ जिल्लाका १३६ शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका बचत, निक्षेप तथा कर्जा सेवा प्रदान गरिरहेको छ । प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवा प्रदान गरिरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनुभयो ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…