२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्यदेशपर्यटनफोटो खबरमुख्य खबर

सुस्ताएको पर्यटन जगाउन जाउँ है पोखरा अभियान

पोखरा, २३ मंसिर । कोभिड–१९ को संक्रमणसँगै उत्पन्न विषम परिस्थितिका कारण थिलोथिलो भएको पर्यटनलाई जगाउने उद्धेश्यले पश्चिमाञ्चल होटल संघ पोखराले बुधबारबाट जाउँ है पोखरा अभियान २०७७ लाई पुनः अगाडि बढाउने भएको छ । खासगरी आन्तरिक पर्यटनलाई पुनःउत्थान गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्डसँग मिलेर यस्तो अभियानलाई निरन्तरता दिन लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । यही मंसिर २४ देखि २७ गतेसम्म संचालन हुने अभियान अन्तर्गत जनकपुर, पर्सा, विरगंज, विराटनगर र चितवनलाई समेटिएको उनले सुनाए । अभियान अन्तर्गत पत्रकार सम्मेलन तथा प्रदेशस्तरीय र स्थानीय सरकारी तथा गैरसरकारी अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष तुलाचनले स्पष्ट पारे ।

नेपालमा सरकार र विद्रोही पक्षविच द्वन्द्व जारी रहेकै अवस्थामा संघले १८ बर्ष अघि सुरुवात गरेको जाउँ है पोखरा अभियानले यसपटक कोभिड १९ बाट थला परेको पर्यटनलाई जगाउने मुख्य उद्धेश्य लिएको आन्तरिक पर्यटन पुनःउत्थान समिति गण्डकीका सहसंयोजक समेत रहेका तुलाचनले बताए । यात्रामा होटल संचालक, अन्य पर्यटनकर्मी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र संचारकर्मी गरी १५ जनाको सहभागिता रहेको छ । सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको युनान प्रान्तमा पहिलोपटक देखिएको बताइने कोरोना भाइरसका कारण लाग्ने कोभिड– १९ रोगका कारण अहिले विश्व जगत नै नकारात्मक रुपमा प्रभावित छ ।
विश्व स्वास्थ्य संगठनले यस रोगलाई महामारी घोषणा गरेपछि आन्तरिक र अन्तर्राष्ट्रिय रुपमा नै मानिसको आवागमन ठूलो प्रभाव परेको छ । सबैभन्दा ठूलो मार भने पर्यटन क्षेत्रले भोग्नु परिरहेको छ । महिनौं लामो लकडाउनले व्यवसाय बन्द हुँदा थुप्रै व्यवसायी पलायन हुन पुगेका  छन् । कतिपयले घरभाडा र बैंकको सावाँ तथा ब्याज तिर्न सकेका छैनन् । धेरैले रोजगारी गुमाएका छन् । कतिको ज्यानै पनि गएको छ । नेपालले भोगेको १० बर्षे आन्तरिक द्वन्द्वको समयमा समेत नेपाली पर्यटन यति डरलाग्दो गरी प्रभावित भएको  थिएन । महाभूकम्प पछि पनि पर्यटन क्षेत्र जसोतसो उठेको हो ।

कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उक्ती छ । सोही उक्ति अनुसार आसाको उज्यालो खोज्ने प्रयासमा यो अभियान रहेको व्यवसायीले बताएका छन् । कोभिड १९ को संक्रमण विद्यमान रहँदा पोखरेली पर्यटनले भोग्नु परेको समस्याबारे अवगत गराउने र आन्तरिक रुपमा घुम्नका लागि प्रेरित गर्ने उद्धेश्य पनि समेटिएको छ । विभिन्न बर्ष र विभिन्न चरणमा पूर्वी नेपाल देखि सुदुर पश्चिम सम्म नै यात्रा गरी अभियानलाई विगतमा पनि संघले प्रभावकारी रुपमा संचालन गरेको थियो । जाउँ है पोखरा अभियानले नेपालमा आन्तरिक पर्यटनको माहोल सृजना गर्न सफल भए पनि अहिले कोरोना भाइरसका कारण पर्यटन ठप्पजस्तो हुन पुगेको अवस्थामा अभियान अगाडि बढाउन लागिएको हो ।

Read more

फ्लाई दुबईबाट सिधै पोखरा ओर्लिए विदेशी टिकटकर्स, स्वागतले भए दंग

पोखराको पर्यटन विश्वभर चिनाउन सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, विदेशी पाहुनालाई पोखरा विमानस्थलमै भव्य स्वागत पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पाहुनाको आगमनसँगै पर्यटन प्रवर्द्धनको नयाँ उत्साह…

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…