२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खेलकुददेशमुख्य खबर

पोखरा क्रिकेट क्लब सात विकेटले विजयी

पोखरा, २८ मंसिर । १३१ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेटले ३ विकेट गुमाउँदै अरण्यज्योति क्रिकेट क्लबमाथि सात विकेटको जित दर्ता गरेको छ । टस जितेर व्याटिङ गरेको अरण्यज्योति क्रिकेट क्लबले ३६ ओभर खेल्दै १३० रनको योगफल तयार पारेको थियो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा दशौं नम्बरमा व्याटिङ गर्न आएका सन्तोष शर्माले उत्कृष्ट व्याटिङ गर्दै ४५ रन जोडेपछि अरण्यज्योति क्रिकेट क्लबले १३० रनको सामान्य योगफल तयार पारेको थियो । कप्तान विधान श्रेष्ठले ६३ बल खेल्दै २७ रन जोडे ।

दशौं नम्बरमा आएका सन्तोष शर्माले ४२ बल खेल्दै ४५ रन बनाए । अर्धशतक नजिक पुगेका शर्मा सुवास भण्डारीले बोल्ड गरेपछि अरण्यज्योति १३० रन बनाउँदा सबै विकेट गुमाएको थियो । शर्माले तीन चौका र तीन छक्का स्कोर कार्डमा चढाए । ऋषिकेश पौडेल र सुवास भण्डारीले समान ३÷३ विकेट लिएका थिए । दोस्रो इनिङ शुरु गरेको पोखरा क्रिकेट क्लबले तीन विकेटको क्षतिमा लक्ष्य पुरा गर्न ३४.१ ओभर खेल्यो । गोविन्द्य प्रधान २९ रनमा नटआउट रहे । उनीसँगे कार्कीले पनि २८ रन नटआउट खेल्दै जितको हकदार बनाए । मुस्कान थापाले ३१ रनको महत्वपूर्ण योगदान दिएपछि पोखरा क्रिकेट क्लबलाई केही सहज हुन पुग्यो । विकास अधिकारीले २२ रन र अनिल गुरुङले १२ रन मात्रै बनाउँदै आउट भए । सन्तोष न्यौपाने र सन्तोष शर्माले समान १÷१ विकेट लिएका थिए । आईतबारको खेल राईजिङ पोखरा क्रिकेट क्लबले कास्की क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । अरण्यज्योति क्रिकेट क्लबका खेलाडी सन्तोष न्यौपाने फिल्डिङ गर्ने क्रममा घाईते भएका छन् । पोखरा क्रिकेट क्लब विरुद्ध फिल्डिङ गर्ने क्रममा उनी घाईते भएका हुन् । उनको कास्की सेवा हस्टिपलमा उपचार भईरहेको छ । उनको देब्रे खुट्टा भाँचिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । डिप मिड विकेटमा बाउण्ड्री जोगाउन बल रोक्ने प्रयास गर्दा खुट्टा भाँचिएको हो ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…