२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरस्थानिय समाचार

तमु धिं नेपालको विभागिय जिम्मेवारी बाँडफाँड

हुम तमु पोखरा,
तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रिय कार्यसमितिमा मनोनित सदस्यहरुलाई शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहणसँगै विभागिय जिम्मेवारी बाँडफाँड गरिएको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा मनोनित सदस्यहरुलाई अध्यक्ष हुमबहादुर तमुले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने निवर्तमान प्रथम उपाध्यक्ष सरस्वती तमुले खादाबाट बधाई, कार्यक्रमकी प्रमुख अतिथि निवर्तमान अध्यक्ष कर्म तमुले प्रमाणपत्र वितरणका साथै बधाई एवम आर्शिवचन मन्तव्य व्यक्त गरेकी थिइन्।

यसैबिच सम्पन्न तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिको पहिलो पुर्ण बैठकले पदाधिकारी, केन्द्रिय सदस्यहरु लगायतलाई विभागिय जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।जसानुसार समग्रता नेतृत्व अध्यक्ष नै गर्ने भए पनि अध्यक्ष हुमबहादुर तमुलाई तमु एकता र अनुशासन विभागको विशेष जिम्मेवारी, वरिष्ठ उपाध्यक्ष सु.मे.श्रीप्रसाद तमुलाई कार्यालय र भुपू सैनिक विभाग, प्रथम उपाध्यक्ष गीमाया तमुलाई संघ संस्था समन्वय र अतिथि सत्कार विभाग, द्धितिय उपाध्यक्षलाई उद्योग, व्यपार, व्यवसाय विभाग, महासचिव अधिवक्ता जुनाकुमारी तमुलाई संगठन, प्रशिक्षण र कानुन विभाग, सचिव जुमबहादुर तमुलाई प्रकाशन र प्रसासन विभाग, सहसचिव मेनकाजी तमुलाई साँस्कृतिक र राज्य समन्वय विभाग, कोषाध्यक्ष गमबहादुर तमुलाई आर्थिक र योजना विभाग र सहकोषाध्यक्ष सु.तुलबहादुर तमुलाई व्यवस्थापन विभागको संयोजकसहितको जिम्मेवारी दिइएको छ।

यस्तै गरी कार्यकसमिति सदस्य गोपाल तमुलाई निर्माण र शान्ति सुरक्षा, कौशिला तमुलाई महिला  विभाग, कृष्णकुमार तमुलाई भाषा र साहित्य, शशीकुमार तमुलाई अतिरिक्त क्रियाकलाप, श्रीजंग तमुलाई शैक्षिक, शान्ति तमुलाई पर्यटन विभाग, सुरेन्द्र तमुलाई प्रचार प्रसार विभाग, विना तमुलाई विदेश विभाग, प्रेमबहादुर तमुलाई सरसफाई र मर्मत संभार र बालकुमारी तमुलाई मञ्च व्यवस्थापन संयोजकको जिम्मेवारी तोकिएको छ ।
यस्तै गरी प्राविधीक विभागकोे संयोजकमा इञ्जिनियर किसानसिंह तमु, स्वास्थ्य विभाग संयोजकमा डा.नरेन्द्र विक्रम तमु, सहसंयोजकमा मिनबहादुर तमु(हिमाली), खेलकुद विभाग संयोजक गजबहादुर तमु, सहसंयोजक बालकुमारी तमु(मिलीजुली विजयपुर), युवा संयोजक रमेश तमु, मानार्थ सहसंयोजक बिग्नेश थापा, विद्यार्थी संयोजक जीवन तमु, आमा समिति पञ्चकुमारी तमु, कला संयोजक बुद्धि तमु, धार्मिक लामा संयोजक गोपाल तमु, खेगी संयोजक तमु प्ये ल्हु संघ केन्द्रिय समितिको सिफारिस अनुसार, विदेश विभाग सहसंयोजक महेन्द्र तमु, व्यवस्थापन विभाग सहसंयोजक मिनप्रसाद तमु(सोंपाल), महिला विभाग सहसंयोजक धनमाया तमु(फुलवारी)लाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए। उनका अनुसार विभागिय कार्य प्रभावकारी ढंगले सम्पादनका लागि विभागिय प्रमुखले ७ सदस्य सम्म रहने गरी क्रियाशिल समिति गठन गर्न सक्ने बताए।

यसैविच कार्यसमितिको बैठकले तमु ल्वों ल्होछारका कार्यक्रमहरु कोभिड १९ कोरोना भाइरसको संक्रमण महामारीका कारण सिमित संख्या, भौतिक दुरी र स्वास्थ्य सुरक्षा सतर्कता अप्नाउदै मनाउने निर्णय गरेको छ ल्होछारको अवसरमा पुस १३ गते शुभकामना आदानप्रदान, साँस्कृतिक प्रस्तुति, जलपानसँगै विभिन्न अक्षयकोषहरुबाट सम्मान, पुरस्कृत र छात्रवृत्ति वितरण गरिने, पुस १४ गते बेलुका तमु ह्युलचोकमा दीप प्रज्वलन र ल्वों ल्होलाई स्वागत कार्यक्रम, १५ गते समाजघरहरु, क्होइवो, गुम्बामा ल्होछार मनाउने, १६ गते सामुहिक ल्होछार÷ल्होसारमा सकृय सहभागी र ल्होछारको अवसरमा जुम भर्चुअल मार्फत देश विदेशबाट सहभागीता रहने गरी ल्होछार शुभकामना कार्यक्रम गर्ने निर्णय भएको महासचिव जुनाकुमारी तमुले जानकारी दिईन।

यसैविच तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिलाई तमु विद्यार्थी समिति, तमु कलाकार संघ प्रदेश समिति र गुरुङ फिल्म एशोसियशन नेपाल(जिफान)ले संस्थागत रुपमा फेटा, क्रमु, खादा, माला, बुके लगायतबाट बधाई ज्ञापन गरेको थियो।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…