२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एक विरुद्धको खेलमा गण्डकी विजयी

काठमाडौँ, ६ माघ चांैथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

गण्डकीले प्रदेश नं १ लाई दुई विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ३५ रन बनाउनुभयो । यसक्रममा उहाँले पाँच चौका हिर्काउनुभयो । यस्तै दिपक डुम्रेले ९४ बलमा चार चौकासहित ३५ रनको योगदान दिनुभयो । यस्तै अभिषेक थापाले अविजित रहँदै १३ रन बनाउनुभयो ।

बलिङतर्फ प्रदेश १ का लागि शुभाङ्कर उराव र मिनास थापाले दुई दुई तथा दिपेश कँडेल र हेमन्त राईले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ३१ बल खेल्दै एक छक्का र एक चौकाको मद्दतमा २४ रन बनाउनुभयो । यस्तै मिनास थापाले ३४ बलमा चार चौकासहित २२ तथा शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाउनुभयो । बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवाश भण्डारी र विशाल पौडेलले चार÷चार तथा विपीन खत्रीले दुई विकेट लिनुभयो ।

विशाल पौडेलको ह्याट्रिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ विरुद्धको खेलमा गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिक विकेट लिनुभएको छ । उहाँले आफ्नो सातौँ ओभर तथा प्रतियोगिताको २८ औँ ओभरमा प्रदेश १ का तीन खेलाडीलाई लगातार पवेलियन फर्काउनुभएको हो ।

पौडेलले खेलको २८औँ ओभरको दोस्रो बलमा राजन मगरलाई चार रनमा, तेस्रो बलमा मनोज तामाङलाई शून्यमा तथा चौथो बलमा हेमन्त राईलाई पनि शून्य स्कोरमै पवेलियन फर्काउनुभयो । हाल जारी चांैथो संस्करणको प्रधानमन्त्री कपमा उहाँ ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्नुभएको छ । पौडेलले ६ दशालव ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर चार विकेट लिनुभयो ।

यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मती ब्याटिङ गर्न पुगेको हो । वाग्मतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रन बनायो । तीन सय रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमको अवस्था अत्यन्त कमजोर रहेको छ । सुदूरपश्चिमले केही बेरअघि ६ ओभरमा पाँच विकेट गुमाएर मात्र १८ रन बनाएको छ । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरी एक्लैले चार विकेट लिनुभयो ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…