२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
कृषिस्थानिय समाचार

कृर्षि मण्डीमा महिला ब्यवसायीको कोशेली घर

लेखनाथ उद्योग बाणिज्य संघले तालचोकको महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद विक्रि केन्द्रमा महिला ब्यवसायीहरुले कृषिमा आधारित घरेलु उत्पादनको कोशेली घर मंगलवार देखि संचालनमा आएको छ ।

लेखनाथ महिला ब्यवसायीको कृर्षि फर्म नाम दिएको कोशेली घरमा स्थानीय स्तरमा उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुग्ने गरि विक्रि केन्द्र स्थापना गरि पसल संचालनमा ल्याईएको हो ।

श्रीपञ्चमीको पावन अवसर पारेर मंगलवार देखि सुरु भएको पसलको सुभारम्भ गर्दै प्राङगरीक खेती कृषि उद्यमी समुहकी अध्यक्ष मिना गुरुङले स्थानीय स्तरमा कृर्षिमा आधारित उत्पादनलाई ब्यवस्थित तरिकाले प्याकेजिङ गरेर बजारीकरण गर्ने हो भने महिलाहरुको आय आर्जनमा बृद्धि हुने र रोजगार पनि सृजना हुने विश्वास दिलाउनु भएको थियो ।

सोही अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडेरीयाले महिलाहरुको अग्रसरतामा कृषिलाई ब्यवसायिक बनाउन यो योजना फलदायी भएकाले महाशाखाको तर्फबाट सहयोग रहिरहने विश्वास दिलाउनु भएको थियो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले किसानहरुबाट उत्पादित वस्तुको संकलन गरि सिधै किसानबाट उपभोक्ता सम्म पु¥याउने उदेश्यले कृषि उपज खरिद विक्री केन्द्र स्थापना गरेको जानकारी गराउनु भएको थियो भने प्रधानमन्त्रि कृषि आधुनिक सुपरजोन कास्कीका प्रमुख अजय अधिकारीले महिलाहरु आफ्नो घरायसी काममा मात्र होईन आफुलाई स्वरोजगारी बनाउन कृषिमा आधारित उत्पादनको प्रवद्र्धनमा लाग्नु पर्ने सुझाव राख्नु भएको थियो ।

लेखनाथ उद्योग बाणिज्य संघ अन्तरगतको महिला परिचालन उपसमितिका संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, गण्डकी प्रदेश महिला उद्यमी समिति सभापति रामकली खड्का, जिल्ला महिला उद्यमी अध्यक्ष काशी गुरुङ, समितिकी सल्लाहकार तारा शर्मा ढकाल लगायतले आर्थिक रुपान्त्रणका लागि महिलाहरु सामुहिक रुपमा अगाडी वढ्नु पर्ने आवश्कता रहेको विचार राख्नु भएको थियो ।

महिला परिचालन उपसमितिकी सहसंयोजक शान्ति खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सदस्य सचिव बुद्धिमाया मगरले गरेकी थिईन । महिलाहरु मात्रको सामुहिक लगानीमा संचालीत पसलमा २५ जना उद्यमी महिलाहरुको संलग्नता रहेको छ ।

Read more

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…

रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन अन्नपूर्ण गाउँपालिकाद्वारा विद्यालयलाई भाँडाकुँडा हस्तान्तरण

अन्नपूर्ण, कास्की। विद्यालयस्तरबाटै रैथाने बालीको संरक्षण, पोषणयुक्त दिवा खाजा प्रवर्द्धन तथा कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ।…

अन्नपूर्णमा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु : गाउँपालिकाको लक्ष्य–घरघरमा तरकारी, कृषकको आम्दानीमा वृद्धि

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरमा करेसाबारी निर्माण गरी तरकारी उत्पादन बढाउने उद्देश्यसहित ‘एक घर–एक करेसाबारी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ। मंगलबार गाउँपालिकाको वडा नं.…

पोखरामा २१औँ रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट दुई कृषक सम्मानित

पोखरा, असार १४। ‘ पोखरा सबै मौसमका लागि ’ भन्ने मूल नारासहित पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय…

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…