२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरस्वास्थ्य

सुर्तिजन्य उद्योगसँग सहकार्य नगर्न अपिल

काठमाडौँ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाले सुर्तिजन्य उद्योगसँग कुनै पनि सहकार्य नगर्न अपिल गरेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र स्वास्थ्य अधिकारी तथा सुर्ती नियन्त्रण सञ्जाल, क्यान्सर काउन्सिल नेपाल, क्यान्सर सोसाइटी नेपाल, एक्सन नेपाललगायत स्वास्थ्य संस्थाले आज अपिल जारी गर्र्दै सुर्तिजन्य उद्योगसँग कुनै सहयोग, सहकार्य नगर्न अनुरोध गरेका छन् ।

अपिलमा सामाजिक उत्तरदायित्वका नाममा सुर्तिजन्य उद्योगबाट कुनै पनि सहयोग नलिनसमेत आग्रह गरिएको छ । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानूनअनुसार सुर्तिजन्य उद्योगले आफ्नो प्रचारप्रसारका लागि कुनै पनि सङ्घसंस्थालाई सहयोग गर्न नपाउने बताउनुभयो ।

अपिलमा सुर्तीजन्य पदार्थ, नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ को दफा १० ले सुर्तिजन्य उद्योगले कुनै पनि प्रकारको विज्ञापन तथा प्रयोजन गर्न नपाउने तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन निर्देशिका–२०७१ को परिच्छेद ३ को दफा २० को उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्नेलगायतका कुनै गतिविधि वा कार्यक्रममा सुर्ति उद्योगको सहयोग, सहभागिता र सहकार्य स्वीकार्य गर्नुहुँदैन भन्ने उल्लेख छ ।

चन्दले केही सङ्घसंस्थाले सुर्तिजन्य उद्योगले सामाजिक उत्तरदायित्वका नाममा आफ्नो प्रचार गर्ने उद्देश्यले लगानी गरिरहेको जानकारी दिनुभयो । “सुर्तीजन्य उद्योगले कर बुझाउँछन्, ती उद्योगले सामाजिक उत्तरदायित्वका नाममा कतै सहयोग र सहकार्य गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…