२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
कोरोना-विशेषखबरमुख्य खबरस्वास्थ्य

आज जितेआठ हजार ८४८ सङ्क्रमितले कोरोना

काठमाडौँ, ८ जेठ \ थप आठ हजार ९८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पिसिआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ५९१ र ३८९ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ ।

हालसम्म २८ लाख ९७ हजार ५०३ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ८४८ उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । कारोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत रहेको छ ।

यस्तै गत २४ घण्टामा थप १२९जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ । आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० रहेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख १४ हजार २५३ पुगेको छ ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…