२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरफिचर समाचार

कोरोनाले काम गुमेपछि चेपाङ बस्तीमा अनिकाल, गिट्ठा र चिउरीकाे भर

हेटौँडा । पश्चिम मकवानपुरका अधिकाँश चेपाङ बाहुल्यता रहेका बस्तीहरुमा यतिखेर भोकमरी देखिएको छ । खोरियामा उत्पादित अन्नले बढीमा ६ महिनामात्रै खान पुग्ने ती बस्तीका बासिन्दालाई बाँकी महिनाका लागि अन्यत्र गएर श्रम गर्नुपर्ने बाध्यता छ । तर, यसबर्ष कृषि लगायत श्रम गर्ने क्षेत्रमा कोभिड १९ का कारण अबसर गुमेकाले भोकमरीको समस्या बढ्दो क्रममा रहेको चेपाङ नेताहरूले बताउनुहुन्छ ।
मकवानपुरको राक्सिराङ, कैलाश, मनहरी, भीमफेदी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा चेपाङ बाहुल्यता रहेको छ । ती गाउँपालिकाहरूमा जंगल छेउमा जोडिएका अधिकाँश बस्तीहरूमा चेपाङ जातिको बाक्लो बसोबास छ ।
नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य गोविन्दराम चेपाङका अनुसार निषेधाज्ञापछि काम गर्ने अबसर नपाएका कारण मानिस गाउँमै छन् । गाउँमा रहेका अन्नपात पनि सकिएपछि भोकमरी टार्न यतिखेर चेपाङ बस्तीका मानिस जंगली गिट्ठा र कन्दमूलको सहारामा पुगेका छन् । अहिले निषेधाज्ञाका बेला दिनभरि घरमै बस्नुभन्दा जंगल पुगेर गिट्ठा भ्याकुर खोजेर ल्याउने र उसिनेर खाने गरेको संविधानसभा सदस्य गोविन्दराम बताउनुहुन्छ ।
भोकमरीकै समयमा पहिलो छिमलको चिउरी पनि पाकेपछि पनि केही राहत मिलेको बागमती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङले बताउनुभयो । ‘अब दोस्रो लटको चिउरी असारको पहिलो साताबाट पाक्न थाल्छ’, प्रदेश सभा सदस्य सन्तबहादुर भन्नुहुन्छ–‘जंगली गिट्ठा, भ्याकुर र चिउरीले चेपाङ बस्तीको अनिकाललाई राहत दिएको छ ।’
संघीयता कार्यान्वयनसँगै स्थानीय तहहरुमा मोटरबाटो पुगेकाले मानिसहरुले श्रमको अबसर पाउन थालेका थिए भने स्थानीय उत्पादनले मूल्य पाउन थालेका थिए । तर, लगातार करीब बर्षदेखि कोरोनाका कारण निषेधाज्ञा घोषणा भएपछि चेपाङ बस्तीमा खाद्यान्न संकट बढ्दै जान थालेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ ।
स्थानीय सरकारबाट सहयोगको अपेक्षा
यसैबीच चेपाङ र तामाङ बस्तीहरुमा कोरोना फैलिएसँगै देखिएको भोकमरी समस्या टार्नका लागि राक्सिराङ गाउँपालिकाले सहयोगी दातृ निकाय सामु आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गर्नु भएको सार्बजनिक अपिलमा गाउँपालिकाका दुर्गम चेपाङ र तामाङ बस्तीहरुमा भोकमरीका कारण दैनिक गुजारा चलाउन समेत समस्या हुन थालेकाले सहयोगका लागि आह्वान गरिएको छ ।
२०६८ को जनगणनामा मकवानपुर जिल्लामा २३ हजारको संख्यमा चेपाङको बसोबास रहेको देखिएपनि नेपाल चेपाङ संघले उक्त संख्यालाई मानेको छैन । संघका अनुसार जिल्लामा ४० हजारको हाराहारीमा चेपाङको जनसंख्या रहेको छ । गोरखापत्र अनलाइनमा शिवकुमार काशी ले लेख्नु भएको छ Soruce: https://gorkhapatraonline.com/

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…