0Shares

पोखरा भ्यूज सम्वाददाता

काठमाडौं- पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयबाट प्राप्त अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् । शनिबार थप ८९९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । सक्रिय संक्रिमितमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected