28Shares

पोखरा भ्यूज सम्वाददाता

पोखरा- प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक पोखरा आउन लागेका हुन् । पोखरामा आजका लागि प्रधानमन्त्री देउवाको व्यस्त कार्यतालिका रहेको छ । समाचार स्रोतले दिएको जानकारी अनुसार पोखरा सभागृहमा हुने गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा सभामा देउवा सहभागी हुन बिहान १०ः३० बजे नै पोखरा विमानस्थल आइपुग्ने कार्यक्रम छ । नेपाली काँग्रेस पोखरा १७ ले स्थानीय ग्यालेक्सी व्याङक्वेटमा राम मन्दिरमा दिउँसो ३ बजे आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा सहभागी हुने र साँझ ५ बजे राष्ट्र बैंक गेष्ट हाउसमा कार्यकर्ता भेटघाटमा व्यस्त रहने कार्य तालिका रहेको छ । १४ औं महाधिवेशनसँग सम्बन्धित भई देउवाले कार्यकर्तालाई आवश्यक निर्देशन समेत दिन सक्ने समाचार स्रोत दावी छ । महाधिवेशनमा देउवा पुनः सभापतिका लागि भिड्दै छन् ।
त्यस्तै सोमबार विहान निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी काठमाडौं फिर्ता हुने प्रधानमन्त्री देउवाको कार्यतालिका छ । प्रधानमन्त्री देउवा पोखरा आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले विभिन्न चोक चोकमा सुरक्षाकर्मी तैथान गरिएको छ ।

28Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected