
0Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ र १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १५०, ललितपुर र मोरङमा ३९र३९, रुपन्देहीमा ३२, भक्तपुर र सुनसरीमा २४र२४, कास्कीमा १६, मकवानपुरमा १५ र चितवनमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
0Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।