चैत्र महिनाभित्र स्थानीय निर्वाचन गर्नुपर्ने संवैधानिक वाध्यता छ: मन्त्री खड्का
- October 23, 2021
- 1296

पोखरा भ्यूज
पोखरा ।नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं गण्डकी प्रदेश सरकारका मन्त्री कुमार खड्काले आउँदो चैत्र महिनाभित्र स्थानीय निर्वाचन गर्नुपर्ने संवैधानिक वाध्यता रहेकाले निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेस पोखरा १६ को बैठकलाई शनिकार सम्बोधन गर्दै मन्त्र खड्काले अबका कार्यक्रम चुनाव लक्षित गर्न जोड दिए । उनले संघीय निर्वाचनमा ६ महिनासम्म पछि धकेल्न मिल्ने संवैधानिक व्यवस्था भए पनि स्थानीय निर्वाचनमा त्यस्तो व्यवस्था नहरेको स्पष्ट पारे । ‘स्थानीय निर्वाचन चैत्रभित्र जसरी पनि हुन्छ, कसैले रोकेर रोकिदैन,’ मन्त्री खड्काले भने- ‘यो निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली र रामचन्द्र दाईले कसैले भनेर पनि रोकिन्न ।’
मन्त्री खड्काले वडामा चुनाव लड्ने आकाँक्षीहरुलाई समेत तयारीमा जुट्न आव्हान गरेका छन् । प्रदेश सरकारले वडा वडामा विकासका परियोजना अघि सारेको सन्दर्भलाई संकेत गर्दै मन्त्री खड्काले भने- ‘चुनावमा होमिने साथीहरुलाई जनता माझ रित्तो हात जानु पर्दैन,’ तपाईहरु विकास बजेट कार्यन्वयन गर्ने पनि जनताको घरदैलोमा पुग्नु होला ।’
नेपाली काँग्रेस पोखरा १६ को शनिबार सम्पन्न बैठकले मनोनयन गर्न बाँकी सदस्यहरुको मनोनयन गरेको छ । पार्टी विधान बमोजिम कार्यसमितिले रिक्त सदस्य मनोनय गरेपछि कार्यसमितिले पूर्णता पाएको छ । त्यस्तै बैठकले विभिन्न भ्रातृसंगठन गर्न प्रतिनिधि समेत खटाउने निर्णय गरेको छ ।
त्यस्तै पोखरा १६ पर्यटकीय वडा भएकाले पर्यटनको सम्भाव्यता अध्ययन गर्न सहसचिव केशव बस्नेतको संयोजकत्वमा समिति गठन गर्ने तथा तत्सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने, पार्टीका जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको वडा सभापति अमृत शर्मा तिमिल्सिनाले जानकारी दिएका छन् ।







सम्बन्धित खवर
















