0Shares

पोखरा भ्यूज
पोखरा । पोखरामा घर निर्माणका लागि जगको भाग सोलिङ गर्दै गर्दा खसेको ढिस्कोमा पुरिदाँ एक कामदारको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पोखरा महानगरपालिका वडा नं ११ स्थित लामिछानेथरमा निर्माणाधीन घरमा काम गर्दै ढिस्को पुरिएर गम्भीर घाइते भएकी ४१ वर्षिया आइतीमाया थोकरको तत्काल उपचारार्थ मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।

उनकोउपचारका क्रममा मृत्यु भएको हो प्रहरीले बताएको छ । सिन्धुली जिल्ला ठूला गाउँ घर भएकी थोकर पोखरामा मजदूर गर्दै आएकी थिइन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected